समय सँगै पाठ्यक्रममा परिमार्जन हुनु परिवर्तन हुनु प्राकृतिक कुरा हो । यो नियम सम्मत र समयको माग हो । तर शिक्षकहरु उक्त पाठ्यक्रममा भएको परिमार्जन सँग वहने, त्यसमै पौडने र त्यसलाई परख तथा पारख गर्ने कुरामा अपडेटेट हुन सकेका छैनन् । शिक्षकमा अध्ययनशिलता कमी भएको छ । उसलाई पाठ्यक्रममा के छ रु पाठ्यक्रम र सोसँग सम्वन्धित विषयमा के हुदैछ वा के हुन पर्छ वा के हुनेवाला छ भनेर अरुले बताउनु पर्ने भएको छ । यो गुरुवर्गमा रहेको विद्यमान समस्या हो ।
पाठ्यक्रम अनुसार र पाठ्यपुस्तक बनेको छ कि छैन रु पाठ्यक्रममा भएको कुरा के कसरी पाठ्यपुस्तकमा समेटिएको छ रु पाठ्यक्रममा भएको तर पाठ्यपुस्तकमा नभएको कुरा वा त्यसको ग्याप वा फासला के छ रु पाठ्यक्रममा उल्लेख गरिएको उद्देश्य कुन चाँही पाठ्यपुस्तकमा समेट्न छुटेको छ रु शिक्षकले पत्ता लगाउन सकेका छैनन् । शिक्षक अरुले बनाएको पाठ्यक्रम र पाठ्यपुस्तक घोक्न घोकाउन व्यस्त र मस्त छ । यो कुरालाई मध्यनजर गर्दा शिक्षकले आफूमा रहेको क्षमता पहिचान गर्न नसकेको अवस्था रहेको देखिएको छ । कतिपय शिक्षकले क्षमता विकासका लागि लाग्नु पर्छ भन्ने कुराको ज्ञान भए पनि निच मारेर कोशिश नगरी बसेको अवस्था पनि छ । यो समस्या अर्को शिक्षक वर्गको आन्तरिक समस्याको रुपमा रहेकोछ ।
पाठ्यक्रम, पाठ्यपुस्तक अनुसार स्पेशिफिकेशन ग्रीड भए नभएको पत्तालगाउने काममा शिक्षकले ध्यान दिन सकेको छैन ।Reading is the mother of writing भन्ने गरिन्छ । अहिले शिक्षकमा अध्ययनको समस्या ठूलो छ । पढाउन पढ्नु पर्छ । सिकाउन सिक्नु पर्छ । सुनाउन सुन्नु पर्छ । नमरी स्वर्ग देखिन्न भने जस्तै नपढी शिक्षक बन्न वा शिक्षण गर्न सकिन्न । अध्ययन नगर्ने वा कम अध्ययन गर्ने समस्या अहिलेको गुरुवर्गमा रहेको जल्दोबल्दो समस्या रहेकोछ ।
शिक्षण पेशालाई प्रमुख पेशा बनाउने भन्दा यसलाई फट्के किनाराको साक्षीको रुपमा मात्र राख्ने र शिक्षण कार्यलाई भन्दा घरायसी वा अपरिभाषित काममा ध्यान बढी दिएको देखिन्छ । ‘पाए अन्त नपाए नरे साउको जन्त’ भने जस्तो कुनै केही पेशा नपाएर यो पेशामा गएको वा अडिएका व्यक्तिहरु शिक्षक छन् भन्ने आरोप लागेको छ । शिक्षण कार्यको अलावा प्रायः अन्य काममा वा व्यवसायमा लाग्नेहरुको संख्या धेरै छ । माध्यमिक तहको शिक्षक खरिदार वा सुब्बाको नियुक्ति लिन आतुर देखिएको अवस्था विद्यमान छ । तसर्थ विद्यालय काल देखि नै को मानिसलाई वा कुन विद्यार्थीलाई साँच्चै शिक्षण पेशामा जान आवश्यक छ वा लान आवश्यक छ, पत्ता लगाई सोही क्षेत्रमा अगाडि बढाउन आवश्यकछ ।
पाठ्यक्रम र पाठ्यपुस्तकमा के समानता छ के भिन्नता छ रु अनि तेसै गरी पाठ्यपुस्तकमा भएको विषयवस्तु वा विधि क्षेत्र वा क्रम अनुसार स्पेशिफिकेसन ग्रीड छ कि छैन प्रायः शिक्षकलाई जानकारी नै छैन । पाठ्यक्रम, पाठ्यपुस्तक र ग्रीड अनुसार प्रश्न बनेको छ कि छैन रु कुन पाठबाट कुन प्रकारको प्रश्न बनाउन सकिन्छ रु कुन विद्यार्थीले के जान्यो वा वुझ्यो वा कुन कुन सीप र क्षमता प्राप्त भयो कुन कुन सिप र क्षमता विद्यार्थीमा छैन रु सो को तथ्यगत विवरण शिक्षक सँग छैन । परीक्षामा बनेका प्रश्नहरु मध्ये विद्यार्थीको उत्तरको आधारमा कठिनताको तह के छ रुकस्ता प्रश्नको जवाफ दिन विद्यार्थीमा जटिलता छ रु यस्ता साना साना तर महत्वपूर्ण कार्यमा समेत गुरुवर्ग पछाडि परेको, पत्ता लगाउन नसकेको र पत्ता लगाए पनि योजनावद्ध रुपमा शिक्षण गर्न नसकेको अवस्था विद्यमान छ ।
शिक्षाका कानुनमा, नीतिमा, नियममा, व्यवहारमा असमानता छ । सवै पेशाका व्यक्ति उत्पादन गर्ने पेशा शिक्षण पेशा हो । यो पेशाको पनि पेशा हो । तसर्थ यो महान पेशा हो । शिक्षण पेशा र निजामति वा जंगि पेशा जस्ता फरक क्षेत्रका पेशामा विभेद छ । यी पेशाका विच तलव, भत्ता, सेवा, सुविधा, ग्रेड लगायतका धेरै विषयमा असमनता छ । तेति मात्र हैन , शिक्षक– शिक्षकमा विभेद छ । सत्र प्रकारका शिक्षक रहेको कुरा बजारमा चर्चामा छ । प्रकार प्रकारका शिक्षक छन् । यसरी शिक्षकहरु वीच आन्तरिक समस्या गहिरो छ । सर्पको खुट्टा सर्पले देख्छ भने जस्तै शिक्षाका विविध पाटोमा भएको समस्या सवैभन्दा बढी शिक्षकलाई थाहा छ । तर शिक्षक यो कुराको बारेमा लाग्न चाहँदैन । बहस पैरवी गर्न वा बताउन चाहँदैन । शिक्षकले विद्यालयको बारेमा, पठनपाठनको बारेमा, शैक्षिक गुणस्तरको बारेमा, विद्यार्थीको उपलव्धीस्तर सुधारको बारेमा, विद्यार्थीका समस्या के छन् र कसरी सुधार गर्ने भन्ने वारेमा भन्दा अन्य अनावश्यक र नचाहिने कुरामा ध्यान बढी दिएको देखिन्छ । शैक्षिक विकृति र विसंगतिका बारेमा शिक्षक मौन रहेको छ । शैक्षिक समस्याका बारेमा भए गरेका कुराहरु उल्लेख गर्न, प्रकाश पार्न नचाहने अवस्था बढेको देखिएको छ ।
शिक्षा क्षेत्रका यस्ता तमाम समस्या समाधानका लागि समयक्रम सँग बहन, समयलाई साथमै लान र भविश्यका कर्णधार तयार गर्ने विद्यार्थीका लागि वास्तविक गुरु बन्न अध्ययनलाई प्रमुख प्राथमिकता दिने र आफ्नो कामलाई पहिलो स्थान दिने तथा परिभाषित काममा लाग्ने कार्य गर्न जरुरी छ ।