CMAT

विशेष कारण देखाउँदै शिक्षक सरुवा गर्न निर्देशिका जारी (निर्देशिका सहित)

Bachelors Portal

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विशेष कारणको अवस्थामा रहेको शिक्षकको व्यवस्थापन सम्बन्धी निर्देशिका, २०८० जारी गरेको छ ।

शिक्षा ऐन, २०२८ को दफा १९ क तथा शिक्षा नियमावली २०५९ को नियम (९) को खण्ड (ङ) ले दिएको अधिकार प्रयोग गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो निर्देशिका बनाएको हो ।

सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई विशेष कारण अन्य विद्यालयमा पठाउन सो निर्देशिका जारी गरेको हो ।

अर्को विद्यालयमा पठाउनु पर्ने आधार पहिचान तथा विश्लेषण गर्न, विशेष कारणसम्बन्धी विषयलाई व्यवस्थित, अनुमानयोग्य, वस्तुनिष्ठ र वास्तविकतामा आधारित बनाउन र न्यूनतम तथा अधिक सेवा अवधिको कारण विशेष कारणबाट प्राप्त गर्ने सुविधामा सहजीकरण गर्न तथा शिक्षकको कामकाज तथा स्थानान्तरणसम्बन्धी कार्यलाई व्यवस्थित र भरपर्दो बनाई यससम्बन्धी निर्णय प्रक्रियालाई सरल, सहज तथा पारदर्शी बनाउन निर्देशिका जारी गरेको केन्द्रले जानकारी दियो ।

विशेष कारणको अवस्थामा रहेको शिक्षकको व्यवस्थापन सम्बन्धी निर्देशिका, २०८०

Thuprai - Books and E-books
I Tech store