CMAT

ब्रेललिपिका पाठ्यपुस्तक प्रयोगको अनुगमन गर्न निर्देशन

Bachelors Portal

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दृष्टिविहीन बालबालिका अध्ययन गर्ने विद्यालयहरूले ब्रेललिपिमा तयार गरिएका पाठ्यपुस्तकहरूको पहुँच लक्षित वर्गमा कस्तो छ अनुगनम गर्न स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ ।

 बालबालिकाको पठनपाठनमा प्रभावकारी व्यवस्थापनका लागि के कसरी प्रयोग गरिरहेका छन् रु स्थलगत अनुगमन गरी दृष्टिविहीन बालबालिकाहरूले ब्रेललिपिका माध्यमबाट पढ्न पाउने संविधान प्रदत्त मौलिक हकको अनिवार्यरूपमा पालना गर्न गराउन विद्यालयहरूलाई आवश्यक सहयोग, समन्वय तथा निर्देशन दिन केन्द्रले सबै एकाइ र स्थानीय तहलाई निर्देशहनह दिएको हो ।

दृष्टिसम्वन्धी अपाङ्गता भएका बालबालिकाहरूका लागि सञ्चालनमा रहेका स्रोतकक्षा, एकीकृत विद्यालय र विशेष विद्यालयमा अध्ययनरत बालबालिकाहरूका लागि पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत पाठ्यक्रमअनुसार तयार गरिएका पाठ्यपुस्तकलाई ब्रेललिपिमा छपाइ गरी शैक्षिक सत्रको सुरूमै विद्यालयहरूमा वितरण भइसकेको केन्द्रले जानकारी दिएको छ ।

उक्त पाठ्यपुस्तकमा दृष्टिविहीन बालबालिकाको पहुँच नभएकोले अध्ययन अध्यापनमा कठिनाइ परेको भनी यस केन्द्रमा गुनासो आए पछि केन्द्रले यस्तो निर्देशन दिएको प्रकाशन गरेको सूचनामा उल्लेख गरेको छ ।

Thuprai - Books and E-books
I Tech store