ईसीडीका अभिभावकलाई अभिभावकक शिक्षा प्याकेज कार्यान्वयन गर्न निर्देशन (सन्दर्भ पुस्तिका सहित)

शिक्षा तथा मानव स्रोत विकास केन्द्र (प्रारम्भिक विकास शाखा) ले सबै स्थानीय तहलाई अभिभावक शिक्षा प्याकेज कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

सबै स्थानीय तहबाट उक्त प्याकेजका आधारमा अभिभावक शिक्षा कार्यक्रम व्यापक रुपमा सञ्चालन गर्न निर्देशन दिएको हो ।

वालबालिकाको संविधान प्रदत्त प्रारम्भिक बालविकास सम्बन्धी हकको सारभूत कार्यान्वयन गर्न अभिभावक सचेतना ब्यापक रुपमा अभिवृद्धि गर्न यस्तो निर्देशन दिएको शाखा अधिकृत धनसूदन चौलागाँईंले बताए ।

केन्द्रले अभिभावक शिक्षा सम्बन्धी सहजकर्ताका लागि सन्दर्भ सामग्री  (प्याकेज) र सो सम्वन्धी चित्रात्मक पुस्तिका गत आर्थिक वर्षमा नै तयार गरिसकेको छ ।

प्रदेश सरकारका शिक्षा तालिम केन्द्र र केही मात्रामा स्थानीय तहबाट शिक्षा अधिकृतहरूसमेतको सहभागितामा केन्द्रीय स्तरको प्रशिक्षक प्रशिक्षणसमेत सञ्चालन भई यस सम्बन्धी प्रदेशगत रुपमा प्रशिक्षकसमेत तयार गरिएको उनले बताए ।

केन्द्रले अभिभावक शिक्षाका लागि विभिन्न सन्दर्भ सामग्री तयार गरेको छ । यसका लागि केन्द्रले अभिभावक शिक्षा, अभिभावक शिक्षा चित्रात्मक कार्ड, प्रारम्भिक उमेरका बालबालिकाका अभिभावकको लागि सिक्न र खेल्न तयार पुस्तिका रहेका छन् ।

सन्दर्भ सामग्रीहरू हेर्नुहोस्ः

अभिभावक शिक्षा -सहजकर्ताको लागि सन्दर्भ सामग्री

प्रारम्भिक उमेरका बालबालिकाका अभिभावकको लागि सिक्न र खेल्न तयार सहजीकरण पुस्तिका

अभिभावक शिक्षा चित्रात्मक कार्ड

Degrees offered in nepal
Counseling
Bachelors Portal