
यही २०७५ साल चैत्रमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा कक्षा - १० मा नियमित समूहबाट सम्मिलित भई सी वा सी भन्दा कम ग्रेड प्राप्त गरेका परीक्षार्थीले आफूले चाहेको विषयमा ग्रेडवृद्धि (पूरक) परीक्षामा सम्मिलित हुन सक्ने छन् ।
साथै बढिमा दुई विषयसम्म अनुपस्थित रहेका वा दुई विषयसम्म ग्रेड़ उल्लेख नभएका परीक्षार्थीले पनि सोही ग्रेडवृद्धि (पूरक) परीक्षामा सहभागी हुन पाउने छन् । तर दुई विषय भन्दा बढी विषयमा अनुपस्थित रहेका वा ग्रेड उल्लेख नभएका परीक्षार्थीलाई आगामी वार्षिक परीक्षामा ग्रेडवृद्धि गर्ने अवसर गराइने छ । उक्त परीक्षा देहाय बमोजिमको समय तालिका अनुसार सञ्चालन गर्ने गराउने निर्णय भएकोले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको च.नं. ६७७ मिति २०७६/०३/२० को निर्देशानुसार यो संशोधित सूचना प्रकाशित गरिएको छ ।
समय तालिका परीक्षा सञ्चालन समय : बिहान ८.00 बजे देखि ११.00 बजेसम्म
