Bachelors Portal

कक्षा ११ को नतिजा यसै साता

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा यसै साता सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार नतिजा प्रकाशनका लागि आवश्यक अन्तिम तयारी भइरहेको छ ।

उनका अनुसार परीक्षण गरिएको उत्तरपुस्तिका रुजु गरेर कम्युटरमा राख्ने काम सकिसकेको छ । अहिले विद्यार्थीको हाजिरीलाई रुजु गर्ने काम भइरहेको छ । ‘कुनै प्राविधिक समस्या आएन भने तीन दिन भित्रमा नतिजा प्रकाशन गर्र्छौ’, नियन्त्रक शर्माले भने ।

यो पटक पाँच लाख ४८ हजारले कक्षा ११ को परीक्षाका लागि फाराम भरेका थिए । ती मध्ये कति जनाले परीक्षा दिए भन्ने तथ्यांक निकाल्नै बाँकी रहेको बोर्डको भनाइ छ । कक्षा ११ को परीक्षा गत वैशाख ३० गतेदेखि जेठ ९ गतेसम्म सञ्चालन भएको थियो ।

विगतका वर्षको तुलनामा यस वर्ष निकै छिटो नतिजा सार्वजनिक हुन लागेको शर्माको दाबी छ ।

विगतका वर्षमा परीक्षा वैशाख जेठमै सञ्चालन भएपनि नतिजा भने पुस वा माघमा मात्रै सार्वजनिक हुने गरेको थियो । यस पटक पनि नतिजा विषयगतरुपमा ग्रेडिङमा सार्वजनिक हुनेछ । 

साभार : annapurnapost.com

Thuprai - Books and E-books