Bachelors Portal

आज कक्षा ११ को वार्षिक परीक्षाको नतिजा प्रकाशित हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा आज  प्रकाशित गर्ने भएको छ । बोर्डका अनुसार आज  शनिवार ४ बजे नतिजा प्रकाशित गर्ने तयारी भएको हो ।

नतिजा सार्वजनिकका लागि आवश्यक सम्पूर्ण तयारी सकिएको र  शनिवार ४ बजे नतिजा प्रकाशित गर्न बैठक डाकिएको बोर्ड स्रोतले बतायो ।

उत्तरपुस्तिका रुजु गरेर कम्युटरमा राख्ने,  विद्यार्थीको हाजिरीलाई रुजु गर्ने काम सम्पन्न भएसँगै बोर्ड नतिजा प्रकाशनको तयारीमा जुटेको हो ।

बिद्यार्थीहरुले नतिजा neb.edusanjal.com मा हेर्न सक्नु हुनेछ/ बिद्यालयहरुले आफ्नो बिद्यार्थीहरुको नतिजा neb.edusanjal.com बाट download गर्न सक्नु हुनेछ

गत वैशाख ३० गतेदेखि जेठ ९ गतेसम्म सञ्चालन भएको परीक्षामा सहभागी हुन पाँच लाख ४८ हजारले फाराम भरेका थिए । बोर्डले विगतको वर्षको तुलनामा यस वर्ष निकै छिटो नतिजा सार्वजनिक गर्न लागेको हो । विगतका वर्षमा परीक्षा वैशाख जेठमै सञ्चालन भएपनि नतिजा भने पुस वा माघमा मात्रै सार्वजनिक हुने गरेको थियो।

Thuprai - Books and E-books