कक्षा ११ को नतिजा प्रकाशित

कक्षा ११ को परीक्षाफल  प्रकाशित भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले केहिबेरअघि नतिजा प्रकाशित गरेको हो । कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो ।  यसअघि कक्षा १२ को परीक्षा पनि अघिल्लो वर्षभन्दा छिटो प्रकाशित भएको थियो ।

नतिजा केहि बेर पछि edusanjal.com मा हेर्न सकिने छ। 


विवरण

नियमिततर्फ

आंशिक ग्रेड वृद्धितर्फ

आंशिक (अड्काकनतर्फ)

कूल जम्मा

सम्मिलित परीक्षार्थी संख्या

३,४९,६०३

१,४२,३४५

१७१०४

५,०९,०५२

परीक्षा रद्द गरिएको परीक्षार्थी सङ्ख्या

१८

११

३१

परीक्षा स्थगित गरिएको परीक्षार्थी संख्या

-

-

-

उत्तीर्ण परीक्षार्थी संख्या

-

-

७,१३२

उत्तीर्ण प्रतिशत

-

-

४१.७०


नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरको परीक्षाफल प्रकाशन सम्बन्धी सूचना 

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा २०७६ साल वैशाख/जेठ महिनामा सञ्चालन भएको कक्षा ११ को नियमित र आंशिक (ग्रेड वृद्धि र अङ्काङ्कन) परीक्षार्थीहरुको परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डको मिति २०७६/०६/०७ गतेको निर्णयानुसार प्रकाशित गरिएको छ ।

पुनश्च:

१. प्रमाणपत्र उपलब्ध गराउने सम्बन्धी व्यवस्थाः 

क. अक्षराङ्कन पद्धतिबाट कक्षा ११ र १२ को परीक्षामा सहभागी भई दुवै कक्षामा प्रत्येक विषयका सैद्धान्तिक परीक्षामा कम्तिमा D'र प्रयोगात्मक परीक्षामा कम्तिमा C ग्रेड प्राप्त गर्ने परीक्षार्थीहरुलाई नतिजा प्रकाशन भएको मितिले १५ दिन पश्चात् मात्र ट्रान्सक्रिप्ट, माईग्रेसन र प्रोभिजनल (TMP) प्रमाणपत्र उपलब्ध गराइने छ। 

कक्षा ११ र १२ उत्तीर्ण, रजिष्ट्रेशन नम्बरका शुरुका दुई अंक ७३ वा सोभन्दा कम भएका अहकाडकन पद्धतिका विद्यार्थीहरुलाई टान्सक्रिष्ट. माईग्रेसन र प्रोभिजनल (TMP) प्रमाणपत्रहरू नतिजा प्रकाशित भएको मितिले १५ (पन्ध) दिन पछि मात्र उपलब्ध गराइनेछ । रजिष्ट्रेशन नं. का शुरुका दुई अंक ६८ वा सो भन्दा बढी भएका विद्यार्थीहरुको शैक्षिक योग्यताका प्रमाणपत्रहरु (TMP) राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरु (विराटनगर, जनकपुर, हेटौडा, पोखरा, बुटवल, कोहलपुर, धनगढी र काठमाण्डौं) बाट उपलब्ध गराइने छ। 

२. राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा ११ को परीक्षाफल प्रकाशन पश्चात् आफूले प्राप्त गरेको कुनै विषयको ग्रेड/अंकमा चित्त नबुझी पुनर्योग गर्न चाहने परीक्षार्थीले प्रति विषय रु. ५००/- (पाँच सय) का दरले दस्तुर बुझाई पुनर्योगका लागि ग्रेडसिट/मार्कसिट वा website बाट डाउनलोड गरेको ग्रेडसिट/मार्कसिट संलग्न गरी मिति २०७६ असोज २८ गतेभित्र राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धित कार्यालयहरु वा राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरमा आवेदन दिइसक्नु पर्नेछ। 

३. राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा ११ को परीक्षाफल प्रकाशनका क्रममा कुनै त्रुटि (स्थगित वा अनपस्थित. विषय फरक पर्ने, नाम पर, रजिष्ट्रेशन नं. फरक पर्ने आदि) देखिएमा सम्बन्धित शाखा कार्यालयहरू वा राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपरमा नतिजा प्रकाशन भएको मितिले ६ महिनाभित्र आवश्यक कागजात सहित निवेदन पेश गर्न अनुरोध गरिन्छ । म्याद नाघी आएका र रित नपुगेका निवेदन उपर कुनै कारवाही नहुने व्यहोरा समेत जानकारी गराइन्छ । नतिजामा प्राविधिक कारणले कुनै त्रुटि भएमा परीक्षा नियन्त्रण कार्यालयको अभिलेखबाट सच्याइने छ।