Bachelors Portal

कक्षा ११ को नतिजा प्रकाशित भयो

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा सार्बजनिक गरेको छ । परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार नतिजा प्रकाशनका लागि सुरु भएको बोर्ड बैठक केहि बेर अगाडी सम्पन्न भएको छ/

 बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार नियमिततर्फ ३,३२,८९१  अक्षराङ्कन पद्धतीमो आंशिकतर्फ १,७६,०९५  र अंक प्रणालीमा ३९,५०५  विद्यार्थीले परीक्षामा सहभागि भएका थिए । परीक्षा फारम भरेका मध्ये २० हजार अनुपस्थित भएका थिए ।

  1. नियमिततर्फ जिपिए ३.६१  देखि ४ सम्म ल्याउने ११४५  विद्यार्थी छन् । 
  2. जिपिए ३.२१  देखि ३.६० ल्याउने आठ हजार नौ सय ४९,
  3.  जिपिए २.८१ देखि जिपिए ३.२० ल्याउने २४ हजार पाँच सय १५ विद्यार्थी छन् । 
  4. त्यसैगरी २.४१ देखि २.८० ल्याउने ४८ हजार सात सय ३१, 
  5. जिपिए २.१ देखि २.४० ल्याउने ८६ हजार सात सय ७०, 
  6. जिपिए १.६१ देखि २ ल्याउने ९२ हजार पाँच सय ९३ रहेका छन् 
  7.  जिपिए १.२१ देखि १.६० ल्याउने ४१ हजार चार सय ६,
  8.  जिपिए ०.८१ देखि १.२० ल्याउने आठ हजार एक सय २७ र 
  9. जिपिए ० देखि ०.८० ल्याउने २० हजार ६ सय ८५ रहेका छन् ।

अंकाङ्कन पद्धतीमा परीक्षा दिएका आंशिक विद्यार्थीमध्ये ३८.४१ प्रतिशत उत्तीर्ण भएका छन् । कक्षा ११ को परीक्षा गत ९ जेठमा सम्पन्न भएको थियो ।

यो पटक पाँच लाख ४८ हजारले कक्षा ११ को परीक्षाका लागि फाराम भरेका थिए ।  कक्षा ११ को परीक्षा गत वैशाख ३० गतेदेखि जेठ ९ गतेसम्म सञ्चालन भएको थियो ।

विगतका वर्षको तुुलनामा यस वर्ष निकै छिटो नतिजा सार्वजनिक हुुन लागेको शर्माले दाबी गरे । गत वर्ष परीक्षा वैशाखजेठमै सञ्चालन भएपनि नतिजा भने पुुस वा माघमा मात्रै सार्वजनिक हुुने गरेको थियो ।

यस पटक पनि नतिजा विषयगतरुपमा ग्रेडिङमा सार्वजनिक भएको छ । 

बिद्यार्थीहरुले नतिजा neb.edusanjal.com मा हेर्न सक्नु हुनेछ/ बिद्यालयहरुले आफ्नो बिद्यार्थीहरुको नतिजा neb.edusanjal.com बाट download गर्न सक्नु हुनेछ

Thuprai - Books and E-books