नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय
सानोठिमी, भक्तपुर
कक्षा ११ को ग्रेड वृद्धि (पूरक) परीक्षाको समय तालिका राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा सञ्चालन गरिने वि.सं. २०४६ सालको कक्षा ११ को ग्रेड वृद्धि (पूरक) परीक्षामा सम्मिलित हुन पाउने परीक्षार्थीहरूको ग्रेड वृद्धि परीक्षा निम्नलिखित कार्यक्रम अनुसार सञ्चालन हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
परीक्षा समय: बिहान ११:०० बजेदेखि २:०० बजेसम्म
२०७६ कार्तिक ३० गते शनिबार
- अनिवार्य अङ्ग्रेजी (००२)
- एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरुको सबै विषय
- दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको सानो कोड नम्बर भएको विषय
२०७६ साल मंसिर १ गते आईतबार
- दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको ठूलो कोड नम्बर भएको विषय
ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने आधारहरू
द्रस्तव्य
- ग्रेड वृद्धि पूरक परीक्षा दुई दिन मात्र सञ्चालन हुने छ । एक विषयको मात्र ग्रेड वृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीले जुनसुके विषय भए पनि परीक्षा सञ्चालन भएको पहिलो दिनमै ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्ने छ।
- अनिवार्य अङ्ग्रेजी (००२) विषयमा ग्रेड बृद्धि परीक्षामा सम्मिलित हुने परीक्षार्थीहरूको परीक्षा पहिलो दिन मात्र सञ्चालन हुनेछ।
- दुई विषयमा परीक्षा दिने परीक्षार्थीले आफूले परीक्षा दिने सानो कोड नम्बर भएको विषयमा पहिलो दिन र ठूलो कोड नम्बर भएको विषयमा दोस्रो दिनको परीक्षामा सहभागी हुन पर्नेछ।
- तोकिएको परीक्षा कार्यक्रम अनुसार परीक्षामा अनुपस्थित हने परीक्षार्थीका लागि पुनः अर्को व्यवस्था गरिने छैन ।
- कुनै आकस्मिक बिदा पर्न गएमा समेत परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचना बिना परीक्षा स्थगित गरिने छैन ।
- परीक्षाका लागि चाहिने ग्राफ पेपर, चार्ट, लगटेबल, गोश्वारा भौचर आदि जस्ता सामग्रीहरू परीक्षार्थी स्वयम्ले ल्याउनुपर्नेछ।
- Biology विषयको परीक्षा दिने परीक्षार्थीहरूले Botany र Zoology विषयको लागि छुट्टाछुट्टै उत्तरपुस्तिका प्रयोग गर्नुपर्नेछ।
- परीक्षामा मोबाइल फोन, स्मार्ट घडी, ब्लुटुव उपकरण लगायत अन्य इलेक्ट्रोनिक्स डिभाईस लैजान निषेध गरिएको छ ।
- तोकिएको परीक्षा केन्द्रबाट मात्र परीक्षा दिनु पर्नेछ । केन्द्र परिवर्तन गर्न पाइने छैन ।
- परीक्षा केन्द्र निर्धारण सम्बन्धी सूचना पछि प्रकाशन गरिनेछ ।
- परीक्षा नियन्त्रक मिति : २०७६/०६/०७