गण्डकी विश्वाविद्यालयलाई जग्गा दिने सरकारको निर्णय

सरकारले गण्डकी विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि कास्की र तनहुँ जिल्लाको विभिन्न स्थानको जग्गा प्रदान गर्ने भएको छ ।

मन्त्रिपरिषद्को गत असार २९ गते बसेको बैठकले कास्की जिल्लाको पोखरा महानगरपालिका–३२ मा नेपाल सरकारको नाममा रहेको ३५२ रोपनी जग्गा र तनहुँको शुक्लागण्डकी नगरपालिका–५ मा रहेको १७५ रोपनी जग्गा प्रदान गर्ने भएको हो ।

विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि सरकारी स्वामित्वको जग्गा प्रदान गर्न लागिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकारले आफ्नै विश्वाविद्यालय सञ्चालनका लागि आवश्यक प्रक्रिया शुरु गरिसकेको छ ।  यस्तै कृषि विकास बैंकको स्वामित्वमा रहेको साविक जनकपुर नगरपालिका–१२ मा रहेको जग्गा र साविक कैलाली जिल्लाको तारानगर–४ हाल धनगढी उपमहानगरपालिका–१ मा रहेको जग्गा प्रचलित मूल्यमा र दुवै निकायको सहमतिका आधारमा आवश्यक प्रक्रिया पूरा गरी स्वीकृत मापदण्डबमोजिम कर्मचारी सञ्चय कोषलाई बिक्री गर्न स्वीकृति प्रदान गरिएको छ ।

त्यस्तै, सरकारले भन्सार ऐन, २०६४ को दफा ४ बमोजिम भन्सार कार्यालयहरुको स्थापना गर्ने तथा भन्सार कार्यालयको कार्यक्षेत्राधिकार पुनरावलोक गर्ने निर्णय गरेको छ ।

Thuprai - Books and E-books