Bachelors Portal

शिक्षा क्षेत्रमा लगानी गर्न सरकार तयारः अध्यक्ष तिमिल्सीना

बलेवा, १९ माघ (रासस) ः राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले शिक्षा क्षेत्रमा लगानी गर्न सरकार सधैँ तयार रहेको बताउनुभएको छ । 

निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) गण्डकी प्रदेशको दोस्रो अधिवेशनको आज बागलुङमा उद्घाटन गर्दै उहाँले भन्नुभयो, “देशको समृद्धिको आधार शिक्षा भएकाले सरकारले शिक्षा क्षेत्रलाई प्राथमीकतामा राखेको छ ।” 

अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “दक्ष जनशक्ति विना देश विकासको परिकल्पना गर्न असम्भव छ, देशको समृद्धिका लागि उत्पादनमूलक शिक्षा आवश्यक छ, त्यसैले उत्पादनमूलक शिक्षामा लगानी वृद्धि गर्न सरकार तयार छ ।” 

शिक्षा क्षेत्रमा पनि विभिन्न खालका विभेद, विकृति र असहमति रहेकाछ, त्यसको न्यूनीकरणका लागि सरकारले पहल थालनी गर्ने र शैक्षिक माफियालाई कारवाहीको दायारामा ल्याउने बताउँदै उहाँले शैक्षिक माफियाका कारण शिक्षा क्षेत्रमा सोचे अनुरुपको विकास र लगानी गर्न नसकिएको धारणा व्यक्त गर्नुभयो । 

अध्यक्ष तिमिल्सिनाले शिक्षा क्षेत्रको विकास तथा विस्तारका लागि सामुदायिक तथा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । 

Thuprai - Books and E-books