After SEE Portal

उच्च शिक्षा अध्ययनरत ४२ जना छोरीबुहारीलाई निःशुल्क पढाउँदै गोकर्णेश्वर नगरपालिका

Bridge Course

विहान, बेलुका घरधन्दा सकेर स्नातक तहमा अध्ययनरत छोरीबुहारीलाई निःशुल्क पढाउनका लागि गोकर्णेश्वर नगरपालिकाले विभिन्न खालका कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ । छोरीबुहारीलाई शिक्षाको पहुँचमा पुर्याउने उद्देश्यले नगरपालिकाले महिलासँग उपप्रमुख कार्यक्रमअन्तर्गत यो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

सोही कार्यक्रम मार्फत गोकर्णेश्वर–४ स्थित सहयोगी महाविद्यालयमा अध्ययनरत ४२ छात्रालाई नगरपालिकाले विभिन्न शैक्षिक सामग्री वितरण गरिएको छ ।

महिलासँग उपप्रमुख शीर्षकमा चालु आर्थिक वर्षमा विनियोजन गरिएको रु ३० लाख बजेटबाट नगरपालिकाका नौवटै वडामा आय आर्जनमूलक कार्यक्रम सञ्चालन गरेर बाँकी रहेको बजेटले शैक्षिक सामग्री वितरण गरिएको उपप्रमुख शान्ति नेपालले जानकारी दिइन् ।

नगरपालिकाको सहयोगमा महाविद्यालयमा अध्ययनरत ४२ जना बुहारी एवं छोरीलाई किताब, कापी, झोलालगायत शैक्षिक सामग्री प्रदान गरिएको हो । वडा नं २ र ४ ले पनि कार्यक्रमका लागि रु एकएक लाख सहयोग गरेका छन् ।

नगरपालिकाकै सहयोगमा स्नातक तहमा अध्ययनरत सबै छात्रालाई निःशुल्क शिक्षा दिने व्यवस्था समेत मिलाइएको नगरपालिकाले जानकारी दियो । महाविद्यालयको पूर्वाधार निर्माणका लागि पनि नगरपालिकाले चालु आर्थिक वर्षमा रु ४० लाख बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षमा पनि महिलासँग उपप्रमुख कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।

शैक्षिक सामग्री वितरण गर्न शुक्रबार आयोजित कार्यक्रममा नगर उपप्रमुख नेपाल, वडा नं २ का अध्यक्ष कृष्णबहादुर पण्डित क्षेत्री, महाविद्यालय सञ्चालक समितिका अध्यक्ष न्हुच्छेनारायण श्रेष्ठ, क्याम्पस प्रमुख प्रेमबहादुर श्रेष्ठलगायतले निःशुल्क शैक्षिक सामग्री वितरणले महिला शिक्षामा योगदान दिएको बताए ।

A Levels MA
Thuprai - Books and E-books