2० वर्ष भन्दा कम उमेरका २० उत्कृष्ट, प्रभावशाली एवं प्रतिभाशाली किशोर किशोरीहरुको सुची सार्वजनिक

२०  वर्ष देखि कम उमेरका २० नेपाली गेम चेन्जरहरुको तेश्रो वार्षिक सूची घोषित गरियो, सो युवाहरु  १सेप्टेम्बरमा हुने एक विशेष पुरस्कार समारोहमा सम्मानित हुने । 

काठमाडौँ , २२ श्रावण २०७६ : ग्लोकल प्रा. लि. र वाईवाईको संयुक्त आयोजनामा नेपालका २०वर्ष भन्दा कम उमेरका २० उत्कृष्ट, प्रभावशाली एवं प्रतिभाशाली किशोर किशोरीहरुको सुची सार्वजनिक गरेको छ । सो किशोर किशोरीहरु समाज सेवा, बाल अधिकार, कम्प्युटर प्रोग्रामिंग, बिज्ञान, पत्रकारिता, प्रबिधि र उधमशिलत, वन्यजन्तु संरक्षक जस्ता विविध क्षेत्रमा कार्यरत भै सकारात्मक काममा संलग्न रहेका छन् । 


समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मान गर्नु नै सुची निकाल्नुको उदेश्य रहेको छ।

सुची निकाल्नेक्रममा ग्लोकल प्रा. लि. का कार्यकारी निर्देशक आशिष ठाकुर भन्नुहुन्छ, " हामीले यो तेश्रो बार्षिक सुची निकाल्दा सम्म यी किशोर किशोरीले गरेका कामले समाजलाई टेवा पुर्याएको देख्दा अत्यन्त खुसि लाग्छ । एकातर्फ यी २० जनाले समान विचार भएको बलियो टोलिको प्रतिनिधित्व गर्छन भने अर्को तर्फ “भविष्यका कर्णधार कहलाउने खुबी राखछन्।"

यस वर्षका उत्कृष्ट किशोर किशोरीको यस प्रकार रहेको छ:

SN

Name

Age

Title

Address

1

Aanand Kumar Sahani

17

Child Right Activist

Janakpur

2

Arjun Acharya

16

Social Activist

Kalikot

3

Babita Pariyar

18

Child Right Activist

Dhading

4

Bidhi Mandal

19

Entrepreneur

Janakpur

5

Bikram Parajuli

18

Tech Educator

Pokhara

6

Bishnu Mijar

19

Social Activist

Sindhupalchowk

7

Ganesh Sah Sudi

19

Wildlife Conservationist

Dhanusha

8

Jyoti Singh

13

Programmer

Dhanusha

9

Kovid Bhusan Pathak

15

Social Activist

Kathmandu

10

Lov Panthi

14

Innovator

Rupandehi

11

Nischal Bhandari

18

Social Activist

Tulsipur, Dang

12

Rachin Kalakheti

17

Technopreneur

Makawanpur

13

Rishi Kr Gupta

16

Innovator

Kapilvastu

14

Rohan Bagale

18

Social Activist

Chitwan

15

Samarth Jha

15

Social Activist

Biratnagar

16

Sameer Chapaign

19

Journalist

Chitwan

17

Samir Phuyal

16

Entrepreneur

Morang

18

Shivu Pandey

19

Public Speaker

Rupandehi

19

Supriya Maharjan Sapkota

18

Social Activist

Kathmandu

20

Thalama Malla

18

Social Activist

Nuwakot

यी युवाहरु ५९८ युवाहरुबाट छानिएका हुन् । २० परिवर्तक युवाहरु सम्माननीय निर्णायक मण्डलबाट समाज भएका प्रभावको अधारमा चयन  गरिएका हुन्  । चयन भएका युवाहरुको सम्मान वाई वाई ग्लोकल टिन हिरोको भव्य कार्यक्रम (सेप्टेम्बर १) मा गरिने छ ।  यी युवाहरुको कथा ग्लोकल खबरमा प्रकाशित हुनेछ ।

येसैबिच, वाई वाई ग्लोकल टिन हिरो जुन किशोर किशोरीहरुको प्रतिभालाई पहिचान गरि सम्मान गर्ने एकमात्र मंच हो त्यसको अन्तिम ६ प्रतियोगीहरुको सुची पनि चाडै प्रकाशन हुनेछ ।