ग्लोबल कलेजअन्तर्गत सञ्चालित ग्लोबल स्कुल अफ साइन्सले उत्कृष्ट २५ छात्रवृत्ति घोषणा गरेको छ।
विज्ञान समूहतर्फ अध्ययन गर्न चाहने विद्यार्थीका लागि स्वदेशमै गुणस्तरीय शिक्षा पूर्ण छात्रवृत्तिमा अध्ययनका लागि छात्रवृत्ति आह्वान गरेको हो।
गुणस्तरीय शिक्षाका लागि युवाको विदेश पलायनलाई न्यूनीकरण गर्दै स्वदेशमै डाक्टर, इन्जिनियर, वैज्ञानिक जस्ता जनशक्ति उत्पादन गरी सिपयुक्त र उद्यमशील नागरिक उत्पादनको लक्ष्य रहेको कलेजले बताएको छ ।
यस वर्षको एसईई। परीक्षा दिएर बसेका विद्यार्थीहरू मात्र यस कार्यक्रमा सहभागी हुन पाउने कलेजले जनाएको छ। मेरिट टप २५ नाम दिइएको उक्त योजनामा सहभागी हुन चाहने विद्यार्थीले कलेज प्रशासन वा वेभसाइटबाट पनि दरखास्त दिनसक्ने छन् ।
यसका लागि लिइने परीक्षामा कक्षा १० मा अध्ययन गरिएका विषयवस्तु समेटिने छन् । ६० अङ्कको लिखित परीक्षा हुने छ जसमा विज्ञान, गणित, अङ्ग्रेजी र सामान्य ज्ञान गरी क्रमशस् ३०, २०, ५, ५ अङ्कभार छुट्याइएको छ ।
उक्त लिखित परीक्षामा ४५ अङ्कभन्दा माथि प्राप्ताङ्क हुने विद्यार्थीलाई अन्तर्वार्तामा सहभागी गराइने छ । अन्तर्वार्ताका लागि १० अङ्क छुट्याइएको छ भने एसईईमा प्राप्त ुजिपिएुलाई ३० अङ्कको आधार मानिएको छ ।
छात्रवृत्ति परीक्षा( ६०, अन्तर्वातां(१० र जिपिए ३० गरी १०० पूर्णाङ्क मानी यसबाट उत्कृष्ट २५ छानिने कलेजले जनाएको छ ।
पूर्ण छात्रवृत्तिका लागि लिइने यस परीक्षाको अन्तिम नतिजा एसईईको नजिता आएको तेस्रो दिन साँझ ६स्०० बजे प्रकाशित हुने छ।
यस परीक्षामा सहभागी हुन इच्छुक विद्यार्थीलाई तयारीका लागि चाहिने नमुना प्रश्नपत्रको पुस्तकसमेत निःशुल्क उपलब्ध गराइएको कलेजले जनाएको छ । उक्त परीक्षाको समय तालिका इमेल तथा फोनमार्फत् विद्यार्थीलाई आवश्यक सम्पूर्ण जानकारी उपयुक्त समयमा दिइने कलेजले बताएको छ ।