After SEE Portal

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीलाई ज्यान मार्ने धम्की

Bridge Course

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरीलाई एक महिनायता ज्यान मार्ने धम्की आउन थालेको छ । विभिन्न समयमा उनलाई मेडिकल कलेजको सम्बन्धन र स्नातकोत्तर तह (पीजी) को एकीकृत प्रवेश परीक्षा, घूस मागेको लगायतका विषयमा भौतिक आक्रमण गर्ने , ज्यानै लिनेसम्मका धम्की आउने गरेका छन् ।

विगत एक महिनादेखि निरन्तर यस्ता खालका फोन आउने गरेको छ । आज विहान आफ्नो बसुन्धरास्थित घरको कम्पाउण्डमा शंकास्पद वस्तु राखिएको हुँदा उनले सुरक्षाको माग गर्दै प्रहरीलाई खबर गरेको बताए ।

प्रहरीका अनुसार गेटमा बियरको बोतलमा पेट्रोल र सुतली र आँगनमा पेट्रोल छर्किएका कपडा छरिएको अवस्था मा भेटिएको छ । महानगरीय प्रहरी वृत्त महाराजगन्जका अनुसार गिरीलाई आएको धम्कीका विषयमा आन्तरिक छानबिन थालिएको छ ।

प्रहरीका अनुसार आज विहान गिरीको घरको गेटमा अज्ञात वस्तु सहित पर्चासमेत भेटिएको थियो । विजय थापा भनिने व्यक्तिले बम राखेको र धम्कीको जिम्मा लिएका छन् । पर्चामा झापाको बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंसँग २० करोड घूस मागेकाले गिरीलाई कारबाही गर्न लागिएको उल्लेख थियो । थापालाई तत्काल पक्राउ गरी आवश्यक छानविन गरिने प्रहरीले जानकारी दियो ।

थापा डा. माथि त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) का पूर्वडिन जगदीशप्रसाद अग्रवाललाई दुर्व्यवहार गरेको आरोपसमेत भेटिएको प्रहरीले जानकारी दियो । उपाध्यक्ष गिरीले आफूलाई आउने धम्कीबारे प्रहरी र जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई यस अघि नै जानकारी गराए बताए ।

A Levels MA
Thuprai - Books and E-books