Edusanjal +2 Scholarship 2022

गण्डकी विश्वविद्यालयको हिजो, आज र भोलि

Thuprai - Books and E-books

फरक प्रावधान, फरक पाठ्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न लक्ष्यले स्थापना भएको गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले इडियु सञ्जालले सञ्चालन गरेको इडियु टकको ६० औं शृखलामा व्यक्त विचारको सम्पादित अंशः

गण्डकी विश्वविद्यालय भखर्रै जन्मने अवस्थामा छ । जसरी पूजा गर्नका लागि एउटा पूजारीले दुना टपरी, फूलदेखि सम्पूर्ण सामग्रीको व्यवस्था गर्छ त्यसरी नै म गण्डकी विश्वविद्यालय सञ्चालन गर्नका लागि आवश्यक सामग्री जुटाउन व्यस्त छु । समय पुगेको छैन । विश्वविद्यालय सञ्चालनका लागि जग्गा व्यवस्थापनको काम, पाठ्यक्रम निर्माण गर्नुछ । विश्वविद्यालयको ऐन मात्र आएको छ, नियमावली बनाउन बाँकी छ । कर्मचारी व्यवस्थापनका लागि ओएनआइएमको स्टडी गर्न बाँकी नै छ । योजनाबद्ध तरिकाले दैनिक एउटा काम गर्दा पनि समय अभाव नै छ ।

समय सापेक्ष तथा परिवर्तित समय अनुसार चल्नु महान कुरा हो । विश्वविद्यालयमा पहिला राजामहाराज कुलपति हुन्थे । लोकतन्त्र आएपछि नयाँ संविधान आयो । प्रधानमन्त्री कुलपति र प्रदेशिक विश्वविद्यालयमा मुख्य मन्त्री कुलपति हुने प्रावधान रह्यो । तर गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनीतिक व्यक्ति एकदुई औपचारिक कार्यक्रममा बसेर विश्वविद्यालयको हित हुन नसक्ने भनेर प्राज्ञिक व्यक्तिलाई कुलपति बनाउने प्रावधान सहतिको गण्डकी विश्वविद्यालय ऐन, २०७६ असोज २७ गते ल्याउनु भयो । जसमा विश्वविद्यालय सञ्चालनका लागि बोर्डअफ ट्रष्टी हुने व्यवस्था छ । बोर्डअफ ट्रष्टी पहिलो पटक मनोनयन हुने व्यवस्था गरिएको छ । जसअनुसार २०७६ फागुन ४ गते कुलपति नियुक्त गरियो । सर्च कमिटी पनि गठन गरियो । सोही सर्च कमिटीको सिफारिसमा म कुलपति नियुक्त भए । त्यसरी नै उपकुलपति हुने व्यवस्था छ । उपकुलपतिको नियुक्तिका लागि सामाजिक विकास मन्त्री, मन्त्रालको सचिव र कुलपति रहेको सर्च कमिटिले प्रिजेन्टेसन र अन्तर्वार्ताका आधारमा छनोट गरेको व्यक्ति भखर्रै उपकुलपति नियुक्त हुनु भएको छ । यसले विश्वविद्यालयको कार्यसम्पादनमा केही सहज हुने विश्वास गरेको छु ।

विश्वका विश्वविद्यालयलाई बोर्डअफ ट्रष्टीले चलाउने चलन हाम्रो विश्वविद्यालयले नेपालमा भित्र्यायो । प्रधानमन्त्रीले देश चलाउने हो । सबै विश्वविद्यालयमा नियमन र निरीक्षण गर्न समस्या हुने हुँदा विश्वविद्यालय सञ्चालन गर्न व्यवस्थापन समितिको आवश्यकता पर्छ । बोर्डअफ ट्रष्टीले सञ्चालन गरेको विश्वविद्यालयमा बोर्डअफ कहिले खाली हुँदैन । यसको कार्यावधि २, ४ तथा ६ वर्षको समय सीमा तोकिएको हुन्छ । बोर्डअफ ट्रष्टीले चलाएको विश्वविद्यालयमा कुलपतिले मुख्य प्रशासनिक कार्य गर्छन् भने उपकुलपतिले प्राज्ञिक व्यवस्थापन गर्छन् । बोर्डअफ ट्रष्टीको उत्तरदायी कुलपति हुने गरेको छ । बोर्डअफ ट्रष्टीमा १३ जना सदस्य हुने व्यवस्था गरिएको छ । बोर्डअफ ट्रष्टीमा योजना आयोगका तीन जना पूर्व सदस्य र एक जना क्यालिफोर्निया विश्वविद्यालयका प्रतिनिधि हुनुहुन्छ भने दुई जना सदस्यलाई मनोनयन गर्न बाँकी छ । रजिष्ट्रार नियुक्तका लागि हामी सर्च कमिटि तत्काल गठन गर्ने तयारीमा जुटेका छौं ।

नेपालमा १२ वटा विश्वविद्यालय छन् । त्रिभुवन विश्वविद्यालयले सबै क्षेत्र ओगटेर पढाइरहेको छ । पोखरामा पोखरा विश्वविद्यालय छ । अन्य विश्वविद्यालय पनि छन् यिनैको डुब्लीकेसनमा अर्को विश्वविद्यालयको आवश्यकता छैन । यिनै विश्वविद्यालयको डुब्लिकेसन गर्ने उद्देश्यले गण्डकी विश्वविद्यालय स्थापना भएको होइन । अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्ने, विश्व बजारमा बिक्न सक्ने जनशक्ति उत्पादन गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना भएको हो ।

उच्च शिक्षा हासिल गरेका जनशक्तिले साउदी, कतार र मलेसियामा श्रम गर्न जानु नपर्ने गरिका जनशक्ति उत्पादन गर्ने लक्ष्यले यो विश्वविद्यालय स्थापना भएको हो । काम र माम पाउने जनशक्ति उत्पादन गर्ने गण्डकी विश्वविद्यालयको मुख्य लक्ष्य हो ।

हामीले आइटीको पाठ्यक्रम तयार गरिसकेका छौं । अन्तर्राष्ट्रिय पाठ्यक्रमविद्को सहयोगमा पाठ्यक्रम तयार गरेका हौं । पोखरामा आइटी पार्क छ । यसमा हामी मल्टिनेसनल कम्पनीलाई आव्हान गर्ने सोचमा छौं । विश्वविद्यालयका कक्षाकोठामा सैद्धान्तिक कक्षा हुन्छ भने मल्टिनेसनल कम्पनीमा हाम्रा विद्यार्थीले प्रायोगात्मक सिप हासिल गर्नेछन् । यसले स्वरोजगार उत्पादन गर्छ । यसैगरी गण्डकी विश्वविद्यालयले निड एसेसमेन्टका आधारमा पाठ्यक्रम निर्माण गर्छ । आवश्यकताका आधारमा हामीले स्पोर्ट मेनेजमेन्टको पाठ्यक्रम तयार गरेका छौं । हामी हाम्रा, पाखा, चउर र खेल मैदानमा भकुण्डो त उफार्छौं तर यसको सैद्धान्तिक ज्ञान हामीसंग छैन । यसलाई सैद्धान्तिक तथा व्यवहारिक बनाउन नेपालका शीर्ष खेलाडीको सल्लाहमा यो कोर्ष तयार गरेका हौं ।

यसैगरी कस्मेटोलोजी एण्ड व्युटिसियनको पाठ्यक्रम तयार गरेका छौं । गण्डकीमा प्रशस्त माछा पाइन्छ । यसका लागि बिएसी फिसरीको पाठ्यक्रम तयार गरेका छौं । हाम्रो भौगोलिक अवस्थिति सुन्तला तथा अन्य कृषिजन्य उत्पादनका लागि ख्याति प्राप्त छ । त्यसैले हटिकल्चरको उन्ननयका लागि पाठ्यक्रम तयार गरेका छौं । विश्वविद्यालयले अहिलेसम्म यी र यस्तै १३ वटा पाठ्यक्रम निर्माण गरिसकेको छ । बनिसकेका पाठ्यक्रमलाई अझ परिस्कृत गर्नका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञसंग छलफल गरिरहेका छौं । २१ औं शताब्दीका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने पाठ्यक्रम तयार गर्छौं ।

अन्य विश्वविद्यालयको जस्तो रत्नपार्कमा धर्ना बसेर यहाँका शिक्षक तथा कर्मचारी स्थायी हुन सक्दैनन् यी र यस्तै विषय फरक छन ।

एकै ठाउँमा पढाइ, सिकाइ र रोजगार पाउने गरिको शिक्षा हाम्रो अन्य विश्वविद्यालय भन्दा फरक छ । सिपयुक्त जनशक्ति स्वरोजगार हुन्छन् । खेलकुदका विषयमा कुनै विश्वविद्यालयले पढाएका छैनन् । हामी पढाउँदै छौं । हामी हिजोको जस्तो इतिहास, नेपाली र भूगोल पढाउँदैनौं । विद्यार्थीलाई खाली समय नदिइ व्यस्त राखियो भने बाह्य कार्यमा दिमाग लगाउन पाउँदैनन् । हाम्रो विश्वविद्यालयमा गुणस्तरीय शिक्षाका साथमा गुणस्तरीय व्यवस्थापन गर्छौं । विद्यार्थीको रुचिका आधारमा शिक्षक व्यवस्थापन गर्छौं । हामी स्थायी भनेर शिक्षक राख्दैनौं । अन्य विश्वविद्यालयको जस्तो रत्नपार्कमा धर्ना बसेर यहाँका शिक्षक तथा कर्मचारी स्थायी हुन सक्दैनन् यी र यस्तै विषय फरक छन ।

लकडाउनको सुरुका अवस्थामा गण्डकी विश्वविद्यालय सुकुम्बासी थियो । लकडाउनका समयमा लुकीलुकी समुदायसंग अन्तरक्रिया गरेर पोखरा महानगरपालिकाको वडा नं. ३२ मा करिब ३२१ रोपनी जग्गा विश्वविद्यालयले प्राप्त गर्यो । त्यस्तै तनहुँको बेलचौतारमा १७५ रोपनी जग्गा विश्वविद्यालयले प्राप्त गरेको छ । गत असार २९ गतेको मन्त्रीपरिषद्को बैठकले विश्वविद्यालयलाई जग्गा प्रदान गर्ने निर्णय गर्यो । भने पोखरामै आइटी पार्कका सञ्चालनकालागि जग्गा व्यवस्थापनको पूर्व तयारी गरिरहेका छौं ।

तनहुँको बेलचौताारमा टिचिङ हस्पिटल सञ्चालनका लागि मास्टर प्लान तयार गरिरहेका छौैं । एमबिबिएसको कक्षा सञ्चालनका लागि पाठ्यक्रम तयार गरिरहेको छौं । विएसी नर्सिङ, विएसी फिजियो थेरापी, रेडियो इम्याजिङ, मेडिकल ल्याब टेक्नोलोजीमा कक्षा सञ्चालनका लागि आफ्नै जग्गामा भवन बनाउनका लागि मंसिरको पहिलो हप्ताबाट थालनी गर्ने योजना बनाएका छौं ।

यसका लागि अन्तर्राष्ट्रिय ख्याति प्राप्त विश्वविद्यालयका अनुभवी प्राध्यापकलाई भोलेन्टियरका रुपमा बोलाउँछौं । आगामी चैत्रको पहिलो हप्तादेखि केही विषयमा कक्षा सञ्चालन गर्ने विश्वविद्यालयको योजना छ ।

हाम्रो त्रिविको इतिहासलाई हेर्ने हो भने म त्यहाँ हुँदा समाजशास्त्र विषयमा भर्नाका समयमा भोगेको जस्तै समस्या भोग्नु पर्छ कि भन्ने शंका लागेको छ । त्यसबखत हामीसंग १०० जना विद्यार्थीको मात्र क्षमता थियो । आवेदन हजारको पर्यो । प्रवेश परीक्षा पछि म माथि ढुंगामुडा भएको थियो तर पनि मैले १०० जनालाई मात्र भर्ना दिएँ । हो यस्तै प्रतिवद्ध भएर विश्वविद्यालय सञ्चालन गर्छौं ।