After SEE Portal

“युवा संग मुख्यमन्त्रि” कार्यक्रमसहित गण्डकीको प्रदेश युवा सम्मेलन सुरु

Bridge Course

पोखरा - नेपाल युवा परिषद गण्डकी प्रदेशको आयोजनमा प्रदेश युवा सम्मेलन २०२० भर्चुअल रुपमा सुरु भएको छ ।

सम्मेलनमा गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट १८० भन्दाबढी युवा(युवतीहरु सहभागी रहेका छन् । असल शासन (गुड गर्भनेन्स) विषयमा विशेष कार्यक्षेत्र बनाई सम्मेलन आयोजना भएको छ ।

सम्मेलनको प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्रि पृथ्वी सुब्बा गुरुङ रहेका थिए । सो अवसरमा युवासंग मुख्यमन्त्रि सत्र अन्तर्गत बोल्दै मुख्यमन्त्रि गुरुङले युवा उद्धमशिल बन्नुपर्ने बताए । कुनैपनि लक्ष्य प्राप्तिका लागि निरन्तर धैर्यताका साथ इमान्दार र निस्वार्थ रुपमा लाग्नुपर्ने मुख्यमन्त्रि गुरुङले बताए ।

'म पनि ६ पटक चुनाव लडेको मान्छे हुँ तर २ पटक मात्रै जितेको छु ।' मुख्यमन्त्रि गुरुङले भने ’मैलेपनि १,२ पटक मै चुनाब लड्न छोडेको भए आज यो स्थानमा हुने थिइन । मुख्यमन्त्रि गुरुङले भने 'जस्तो सुकै कठिन परिस्थिति आएतापनि आफ्नो लक्ष्य प्राप्तिमा युवा निरन्तर धैर्यताका अघि बढ्नुपर्छ ।'

कोहिपनि आफ्नो आलोचनादेखि डराउन नहुने र आफ्नो गल्ति भएको भए महसुस गर्नुपर्ने मुख्यमन्त्रि गुरुङले बताए । आजरको युवामा धैर्यता र अनुशासन कमि रहेको मुख्यमन्त्रि गुरुङ बताउछन ।

गण्डकी प्रदेश सरकारले युवालाई सीप सिकाउन बजेट छुटाएको र ५० हजार युवालाई स्वरोजगार बनाउने योजना रहेको मुख्यमन्त्रि गुरुङले बताए ।

राजनीतिमा राम्रो मान्छे नआउदा फोहोरी खेल देखिएको मुख्यमन्त्रि गुरुङले बताए । 'अब शिक्षित र विज्ञ युवा जमात राजनीतिमा आउनुपर्छ ।’ मुख्यमन्त्रि गुरुङले भने ’युवा कुनै पेशा, व्यवसाय गरेर मात्रै राजनीतिमा आउनुपर्छ ।’ उनले अगाडि भने 'नराम्रो नियतमा मानिसहरु राजनीतिमा आएकाले अहिले राजनीति फोहोर बनेको छ ।'

राजनीतिले आजकाल आपराधीलाई छाहारी दिदाँ पिडीतले न्याय पाउन समेत नसकेको मुख्यमन्त्रि गुरुङले बताए ।

निर्वाचनमा युवाको भूमिका, शुसासन, जलवायू परिवर्तन, लैगिकं समानता, युवा नेतृत्व, कृषिमा युवा उद्यमशीलता, दिगो बिकास लक्ष्य र दिगो पर्यटनलाई मुख्य विषय बनाई आयोजना गर्न सम्मेलन लागेको नेपाल युवा परिषद गण्डकीले जनाएको छ ।

प्रदेश युवा सम्मेलन भोलि शनिबारसम्म भर्चुअल रुपमा चल्नेछ । कोभिड १९ को सक्रमंणलाई मध्यनजर गर्दै यस वर्षको प्रदेश युवा सम्मेलन २०२० भर्चुअल रुपमा आयोजना गर्न लागिएको नेपाल युवा परिषद गण्डकीकी संयोजक मोनिका रानाभाटले बताईन ।

अपाङ्गता भएका १४ जना युवासहित भिन्न समुदायका युवाहरुलाई प्रतिनिधित्व गराई यस सम्मेलन एक समावेशीताको उत्कृष्ट उदाहरण बनाईएको आयोजकले जनाएको छ ।

सम्मेलनमा निर्वाचनमा युवाको भूमिका, लैगिकं समानता, युवा नेतृत्व, दिगो बिकास लक्ष्य र दिगो पर्यटनलाई मुख्य विषय बनाई विभिन्न विज्ञहरुबाट प्रस्तुति गरिनेछ ।

नेपालको कुल जनसंख्याको करिव ४१ प्रतिशत हिस्सा ओगटेको युवा जमातले नेतृत्वदायी भुमिकामा आउन वा ल्याउन आवश्यक देखिन्छ तबमात्र नेपालमा परिवर्तन आउछ भन्ने विश्वास आयोजकले लिएको छ ।

साथै २०१९ मा हरेक प्रदेशमा “प्रदेश युवा सम्मेलन २०१९” गरी स्थानीय तहमा रहेका युवाहरुलाई क्षमता अभिबृद्धि गर्न र सम्मेलनले तयार गरेको कार्ययोजनालाई प्रदेश सरकार मुख्यमन्त्रीको कार्यालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र प्रदेश योजना आयोगलाई बुझाउन सफल भएका थियौ जसले गर्दा आगामी वर्षको निति तथा कार्यक्रमम युवाको सवालहरुलाई प्राथमिकता साथ समेट्न पहल हुने कुरामा नेपाल युवा परिषद निकै नै आशाबादी रहेको छ ।

केहिसमय अघि मात्रै नेपाल युवा परिषदले राष्ट्रिय युवा सम्मेलन २०२० नेपालभरका युवाको भर्चुअल उपस्थितिमा जुम मार्फत सम्पन्न गरिसकेको छ । त्यस्तै केहि प्रदेशमा प्रदेश युवा सम्मेलन सम्पन्न भईसकेको छ भने केहिमा हुँदैछ ।

A Levels MA
Thuprai - Books and E-books