After SEE Portal

गण्डकी प्रदेश साक्षर घोषणा

Bridge Course

गण्डकी प्रदेश आजदेखि साक्षर प्रदेश घोषणा भएको छ। पोखरा सभागृहमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकीलाई आज साक्षर प्रदेश घोषणा गरेका हुन्।

अन्य प्रदेशले पनि गण्डकीको सिको गरेर छिट्टै साक्षर प्रदेश निर्माणको बाटोमा अगाडि बढ्न सुझाउँदै उनले प्रदेश साक्षर भएकोमा गण्डकी प्रदेशवासीलाई धाइ समेत दिएका छन् ।

आजै प्रधानमन्त्री देउवाले पोखराको नयाँ बजारमा रहेको संग्रहालयमा पुगेर साक्षर गण्डकी प्रदेश स्तम्भको अनावरण समेत गरेका छन् ।

गण्डकी प्रदेश साक्षर घोषणा कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशका लागि आवश्यक प्राविधिक शिक्षामा जोड दिनुपर्ने धारणा राखेका थिए ।

साक्षर गण्डकी प्रदेश घोषणा कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेशका शिक्षा, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ, गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारी र गण्डकी प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मीलगायतको उपस्थिति रहेको थियो ।

सबै वक्ताले घोषणा कार्यक्रममा प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिनु पर्ने कारणका बारेमा जानकारी दिएका थिए । गत भदौ ३० मा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सबै जिल्ला साक्षर घोषणा भइसकेकोले साक्षर गण्डकी अवधारणापत्र स्वीकृत गरी साक्षर प्रदेश घोषणा गर्ने निर्णय गरेको थियो।

गण्डकी प्रदेशको नवलपुरमा सबैभन्दा बढी ९८ प्रतिशत र सबैभन्दा कम लमजुङमा ९५.५ प्रतिशत नागरिक साक्षर रहेका छन् । त्यसैगरी गोरखा ९७.२, मनाङ ९६.९, पर्वत ९६.९३, बाग्लुङ ९६.५७, तनहुँ ९६.४, मुस्ताङ ९६.३५, स्याङ्जा ९६.१६, म्याग्दी ९६.२७ र कास्की ९६, प्रतिशत नागरिक साक्षर भइसकेका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले जानकारी दियो ।

मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा पहिला मुस्ताङ जिल्ला साक्षर घोषणा भएको हो। मुस्ताङलाई ३१ असार ०७१ मा साक्षर घोषणा गरिएको हो । भने सबैभन्दा पछि पर्वत साक्षर जिल्ला घोषणा गरिएको हो । गण्डकीका सबै जिल्ला यस अघि नै साक्षर घोषणा भइसकेका छन् ।

A Levels MA