A Levels MA

​पूर्वजिल्ला ​ शिक्षा अधिकारीको स्मृतिमा अक्षयकोष

लहान, ५ वैशाख (रासस) : पूर्वजिल्ला शिक्षा अधिकारी अखिलेश्वर मिझार विश्वकर्माको स्मृतिमा रु एक लाख ५० हजारको अक्षयकोष स्थापना गरिएको छ ।

विश्वकर्मा जातिबाट पहिलो जिल्ला शिक्षा अधिकारी हुनुभएका स्व अखिलेश्वर मिझार विश्वकर्माको १३औँ दिनका पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलिसभामा अक्षयकोषको घोषणा गरिएको हो ।

विश्वकर्मा उत्थान समाज नेपालको पहलमा स्व विश्वकर्माका छोरी निलम विश्वकर्माले सप्तरीमा बसोबास गर्ने विश्वकर्मा जातिका तर्फबाट प्रत्येक वर्ष एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने एक छात्र र एक छात्रालाई पुरस्कार दिन उक्त अक्षयकोष स्थापना गरिएको घोषणा गर्नुभयो । प्रत्येक वर्ष आफ्नो बुबाको स्मृतिमा सो पुरस्कार वितरण गरिने निलमले जानकारी दिनुभयो ।

गोरखा दक्षिणबाहु चौथोबाट सम्मानित विश्वकर्माको ७२ वर्षको उमेरमा २०७५ साल चैत २१ गते राति उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको थियो ।

श्रद्धाञ्जलिसभामा विश्वकर्मा उत्थान समाजका अध्यक्ष राजेन्द्र विश्वकर्मा, विश्वकर्मा समाज २ नं प्रदेशका अध्यक्ष मीन रहपाल, पूर्वप्राध्यापक वसन्तकुमार विश्वकर्मा लगायतले स्व विश्वकर्माको योगदान र जीवनीबारे प्रकाश पार्नुभएको थियो ।


Thuprai - Books and E-books