Bachelors Portal

पाँच क्रिकेटरलाई पूर्ण छात्रवृत्ति

राष्ट्रिय क्रिकेट टिमका ५ खेलाडीलाई फिनिक्स कलेजले पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

खेलाडीलाई कलेजले पूर्ण छात्रवृत्ति दिने भएको हो। 

कलेज नेटवर्कका निर्देशक राजु टण्डनले राष्ट्रिय टिमका ब्याट्सम्यान कुशल मल्ल, विवेक यादव, पवन शराफ, मौषम ढकाल र प्रतिश जिसीलाई ४ वर्षे बिबिए अध्ययनको लागि पूर्व छात्रवृत्ति प्रदान गरेको बताए। निर्देशक टण्डनले राष्ट्रिय क्रिकेट खेलाडीहरुले खेल मैदानमा देखाएको प्रदर्शन, समर्पण र सीपलाई पुरष्कृत गर्न यो छात्रवृत्ति प्रदान गरेको  जानकारी दिए ।

छात्रवृत्तिले खेलाडीहरूको खेलजीवन र शैक्षिक जीवनलाई जोड्ने विश्वास कलेजले लिएको छ। 

कलेजले यस अघि राष्ट्रिय क्रिकेट टिमका कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोर, सूर्य तामाङ, भिम सार्कीलाई ४ वर्षे बिबिए अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको थियो। 

Thuprai - Books and E-books