MBA Managed Admission
Masters Portal

आगामी शैक्षिक सत्र देखि विद्यालय शिक्षा क्यालेण्डरमा चल्छः शिक्षा मन्त्री

I Tech store

आज विभिन्न कार्यक्रम्का साथ सम्पन्न भएको छ । ‘साक्षरता सिकाईको क्षेत्रमा रूपान्तरण’ भन्ने आदर्श वाक्यका साथ मनाइएको अन्तर्राष्ट्रिय साक्षरता दिवसलाई सम्बोधन गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आगामी शैक्षिक वर्षदेखि विद्यालय शिक्षामा पनि शैक्षिक क्यालेण्डर अनिवार्य गरिने बताए । ‘विद्यालय शिक्षा पुरै क्यालेण्डरबाट सञ्चालन गरिने छ ।’ उनले भने, ‘शिक्षामा भौतिक, शैक्षिक र कानुनी सुधार गर्न जरुरी छ ।’

सबैलाई साक्षर नेपाल अभियानमा सरिक हुन आह्वान गर्दै उनले भने १२ कक्षा पछि विश्वविद्यालयले तुरुन्तै उच्च शिक्षामा प्रवेश गराउने प्रक्रियाको थालनी गर्नुपर्छ ।‘डाक्टर, इन्जिनियर, शिक्षक सबै उत्पादन गर्ने त्रिभुवन विश्वविद्यालय नै हो उसले पनि शैक्षिक क्यालेण्डर अनुसार चल्नुपर्छ ।’ उनले भने, ‘शिक्षण संस्था जस्तो पवित्र स्थलमा तालाबन्दी गर्ने, तोडफोड गर्ने कुरा सदाको लागि बन्द गर्नुपर्छ ।’

शिक्षकलाई गाली होइन सम्मान गरेर शिक्षामा  सुधार ल्याउन सकिन्छ । ‘जुन ठाउँमा साक्षरता हुन बाँकी छ त्यो ठाउँमा व्यक्ति व्यक्ति परिचालन गरेर साक्षर घोषणा गर्दै जानुपर्छ ।’ उनले भने, ‘निरक्षरता उन्मूलन गर्न नेपाल सरकारको अठोट पूरा गर्ने अभियानमा सबै प्रदेश तथा स्थानीय तहका साथै सबै सम्बद्ध पक्षको सहयोगका निम्ति हार्दिक अनुरोध गर्दछु ।’

साक्षरता दिवसका अवसरमा आज प्रदेश १ लाई साक्षर प्रदेश घोषणा गरिएको छ । अब चार प्रदेश साक्षर घोषणा हुन बाँकी रहेका छन् । बागमती र गण्डकी प्रदेश यस अघि नै साक्षर घोषणा गरिसकिएको छ । भने आजै कन्चनपुर जिल्लालाई पनि साक्षर जिल्ला घोषणा गरिएको छ । कन्चनपुरलाई साक्षर घोषणा गरिएसंगै अब ६२ जिल्ला साक्षर भएका छन् । भने १५ जिल्ला अझै साक्षर हुन बाँकी रहेका छन् । अबको दुई वर्ष भित्रमा अभियान सञ्चालन गरेर सबै जिल्लालाई साक्षर घोषणा गरिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पैडेलले बताए ।

अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा साक्षरता सम्बन्धि सचेतनामूलक दोहोरी गित, शैक्षिक स्मारिका, २०७९ लगायत शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले  तयार गरेका चारओटा प्रतिवेदन सार्वजनिक गरिएको छ । आजै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मेरो सिकाइ एप सार्वजनिक गरेको छ । फरक क्षमता भएका विशेषगरी बहिरा बालबालिकालाई लक्षित गरी भोजपुरी र मैथिली भाषाको कक्षा १–३ को २ हजार भन्दा बढी शब्द भएको एप सार्वजनिक गरेको हो ।

युनेस्को काठमाडौं सिनियर कन्सल्टेन्ट डा. ध्रुव गौतमले कोभिड पछाडि सिकाइको परिभाषा परिवर्तन भएको बताए । सिकाइ जुन सुकै अवस्थामा गर्न सकिने पद्धतिमात्र फेरिने बताए ।

दिवसका अवसरमा शिक्षा मन्त्री पौडेलले वृक्षारोपाण गरेका थिए । सो अवसरमा  विद्यार्थी भर्ना अभियान २०७६–७७ मा गरिएको गीत लेखन प्रतियोगिताका  उत्कृष्ट, दोस्रो र तेस्रो स्थान हासिल गरेका लेखकहरू क्रम्शः नवराज सञ्जेल, लक्ष्मिदेवी शर्मा (गौडेल) र जनक शर्माकरलाई पुरस्कार तथा सम्मान पत्र प्रदान गरिएको थियो ।

Thuprai - Books and E-books