After SEE Portal

प्रहरीका छोराछोरीलाई निजी स्कुलमा छात्रवृत्ति

Bridge Course

सेवाका क्रममा निधन भएका र आर्थिक अवस्था कमजोर भएका तल्लो तहका प्रहरीका सन्तानलाई निजी स्कुलले छात्रवृत्ति उपलब्ध गराउने भएका छन् ।

नेपाल प्रहरी महिला सङ्घ र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (राष्ट्रिय प्याब्सन) बीच आज सम्झौता भएको छ ।

अब अमर प्रहरी र आर्थिक विपन्न प्रहरीका छोराछोरीलाई राष्ट्रिय प्याब्सन आवद्ध स्कुलले कम्तीमा एउटा छात्रवृत्ति कोटा उपलब्ध गराउनुपर्ने छ ।राष्ट्रिय प्याब्सनका सहअध्यक्ष सुवास न्यौपाने र प्रहरी महिला सङ्घकी अध्यक्ष कुसुमलता सिंहले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

राष्ट्रिय प्याब्सनका सहअध्यक्ष न्यौपानेले त्यस्ता प्रहरीका कम्तीमा एक जनालाई स्कुलले नि:शुल्क अध्यापन गर्ने बताउँदै भर्ना शुल्क पनि नि:शुल्क गरिने जानकारी दिए ।

A Levels MA
Thuprai - Books and E-books