शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयका छात्रालाई प्रदान गरिने निःशुल्क सेनेटरी प्याडको गुणस्तरको गुणस्तरका बारेमा अनुगमन तथा निरीक्षण गर्ने भएको छ ।
छात्रालाई वितरण गरिएको सेनेटरी प्याडका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आवश्यक कारबाहीका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसंग लिखित जवाफ मागेको हुनाले केन्द्रले निरीक्षण गर्ने भएको हो ।
छात्रालाई प्रदान गरिएको निःशुल्क सेनेटरी प्याड गुणस्तरहीन भएको भन्दै गत चैत्र ९ गते आयोगमा उजुरी दर्ता भएको थियो । आयोगमा परेको उजुरी दर्ता नं. सि ०३३१८० का विषयमा छानबिन गर्न आवश्यक भएकाले केन्द्रलाई आवश्यक कारबाहीका लागि लिखित जवाफ मागेको छ ।
छात्रालाई प्रदान गरिने निःशुल्क सेनेटरी प्याड गुणस्तरहीन रहेको गुनासो आएकोले सो सन्दर्भमा के–कसो भएको हो अनुगमन गर्नगराउन केन्द्रले सबै शिक्षा विकास तथा समन्वय एकाईलाई निर्देशन दिएको छ ।
केन्द्रले कार्यविधिअनुसारको न्यूनतम मापदण्ड नभएका प्याड वितरण गरिएको भए कानुनी कारबाही गरिने केन्द्रद्वारा इकाइलाई पठाएको पत्रमा उल्लेख गरिएको छ । सो पत्रमा कार्यविधि अनुसारको मापदण्ड पुरा नभएका प्याड वितरण गरिएको भए आवश्यक कारवाही हुन र सोको जानकारी केन्द्रमा पठाउन निर्देशन दिइएको शाखा अधिकृत विजया सत्याल हस्ताक्षर गरेको पत्रमा उल्लेख गरिएको छ ।
गच चैत्र ८ र ९ गते विभिन्न सञ्चार माध्यममा छात्राले प्रयोग गर्न छाडे निःशुल्क प्याड विषयमा समाचार प्रकाशित गरिएको थियो ।
देशभरका २९ हजार सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क वितरण गर्न ३ वर्षमा साढे ४ अर्ब रुपियाँ बजेट सकिएको छ । सरकारले आर्थिक वर्ष २०७६–०७७ मा २९ हजार सामुदायिक विद्यालयका १४ लाख ३७ हजार छात्रा लाभान्वित हुने गरी निःशुल्क प्याड वितरण कार्यक्रम सुरु गरेको थियो । प्याड खरिदका लागि पहिलो वर्ष १ अर्ब २७ करोड रुपियाँ र २०७७–०७८ मा १३ लाख ४० हजार छात्राका लागि १ अर्ब ८२ करोड रुपियाँ बजेट विनियोजन गरेको थियो । यो वर्ष १० लाख ५४ हजार छात्राका लागि १ अर्ब ४३ करोड रुपियाँ बजेट संघीय सरकारले विनियोजित गरी स्थानीय सरकारलाई हस्तान्तरण गरेको थियो ।
तर, पालिका र विद्यालयले खरिद गरेका प्याड गुणस्तरहीन भएको हुँदा छात्राको स्वास्थ्यमा समस्या देखिएको छ । विद्यालयमै निःशुल्क पाउने प्याड आधा घण्टा पनि लगाउन नसकिने छात्राहरूले गुनासो गर्दै आएका छन् । विद्यालयका प्याड प्रयोग गर्दा अत्यन्तै खस्रो भएका कारण छालामा समस्या देखिएको, नटाँसिने, चिलाउने, पोल्नेजस्ता समस्या आएको छात्राहरूले गुनासो गर्दै आएका छन् ।
सेनेटरी प्याड व्यवस्थापन तथा वितरण कार्यविधि, २०७६ मा यस्तो व्यवस्था छः