नेपालका अप्राविधिक प्रशिक्षार्थीहरुलाई लक्षित गरी पहिलो पटक आर्टिफिसियल इन्टेलीजेन्स (एआईं) तालिम सञ्चालन गरिने भएकोे छ ।विविध खालका औद्योगिक र पेसागत पृष्ठभूमिका व्यक्तिहरुका लागि एआईं सम्बन्धी चार हप्ते तालिमको आयोजना गरिने भएको हो ।
‘कम्प्युटर विज्ञान वा यस संबन्धी प्राविधिक ज्ञान सिप पटक्कै नभएका वा सीमित ज्ञान भएका पेसाकर्मीहरु तथा कम्प्युटरमा काम गरिरहेका तर एआई संबन्धी पुष्ठभूमि नभएका सहभागीहरुलाई तालिममा सहभागी गराइने आयोजक फ्यूजमेशिन इन्कले जानकारी दियो ।
‘देशका हरेक भागमा बस्ने व्यक्तिहरुका लागि उच्च गुणस्तरको एआई शिक्षाको अवसर उपलब्ध गराउने उद्देश्यले दुई वर्ष अघि हामीले ‘नेपालका लागि एआई शिक्षा कार्यक्रम’ संचालन गरेका थियौं । एकातिर हामीले कम्प्युटर विज्ञान र सूचना प्रविधिका सयौं विद्यार्थीहरुलाई निरन्तर एएआईको तालिम अवसर उपलब्ध गराउँदै आएका छौ’ फ्यूजमेशिनका सीईओ। समीर मास्के भन्छन्, ‘नेपालका अप्राविधिक पेसाकर्मीहरुले देखाएको चासोबाट हामी विशेष उत्साहित भएका छौ।। नेपालमा एएआई माथि सर्बसाधारणको पहुँच पुर्याउने हाम्रो यात्रालाई अझ गति प्रदान गर्नका लागि हामीले अप्राविधिक क्षेत्रका पेसाकर्मीहरुलाई पनि यस्तै प्रकृतिका तालिमका अवसरहरु बढाउँदै लानुपर्छ । अनि मात्र हामीले नेपालमा एआई शिक्षा र पेसागत अवसरका दुबै क्षेत्रलाई संबृद्ध बनाउन सही रुपमा सफलता प्राप्त गर्न सक्नेछौ ।”
तालिम कार्यक्रमको मुख्य लक्ष्य भनेको सहभागीहरुलाई एएआईका बारेमा आधारभूत ज्ञान सीपहरुले युक्त बनाउनु र उनीहरुले काम गरिरहेको पेसागत क्षेत्रमा एआईं तथा मेसिन लर्निङको बारेमा सिर्जनात्मक ढंगले सोच्ने र जिम्मेवारीपूर्वक काम गर्न सक्ने गरी उनीहरुको क्षमता अभिवृद्धि गर्नु रहेको आयोजकले जानकारी दियो ।
यो तालिम कार्यक्रममा आठवटा प्रत्यक्ष अनलाइन सत्रहरु समावेश गरिएको छ । ती सत्रहरुको क्रममा अमेरिकाका एआई क्षेत्रका उल्लेखनीय विज्ञ, प्राध्यापकहरु र कम्प्युटर बैज्ञानिकहरुले गेष्ट लेक्चरको रुपमा कक्षाहरु लिनेछन् भने प्रोगामिङ संबन्धी प्रयोगात्मक कक्षाहरु पनि संचालन गरिने भएको छ ।
सहभागी प्रशिक्षार्थीहरुले तालिम कार्यशालाको अन्तमा मेसिन लर्निङ आर्टिफिसियल इन्टेलीजेन्स , डीप लर्निड, क्लासिफिकेसन, रिग्रेसन , मेसिन लर्निङ वर्कफ्लो संबन्धी समग्र जानकारी, डाटासेट र एआई मोडेल सिर्जना, कम्प्युटर भिजन , नेचरल ल्याड्ग्वेज प्रोसेसिङ र एम।एल।मोडेल निर्माणका लागि आवश्यक पर्ने पाइथन संबन्धी कार्यमूलक ज्ञान प्राप्त गर्ने लक्ष लिइएको छ ।