After SEE Portal

ग्लोकल प्राइभेट लिमिटेडद्वारा चार जनालाई नाबील स्किल हिरो उपाधीद्वारा सम्मानित

Bridge Course

​ग्लोकल प्राइभेट लिमिटेडले चार जनालाई नाबील स्किल हिरो उपाधीद्वारा सम्मानित गरेको छ ।  कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतिथ्य,  बिज्ञान तथा प्रविधिका  क्षेत्रमा लामो समयदेखि काम  गर्दैआएका चार जनालाई प्रालिले सम्मानित गरेको हो ।

स्किल विक २०२० को समापन कार्यक्रममा चारै जनालाई सम्मानित गरेको प्रालिले जानकारी दियो । प्रालिका अनुसार कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकाय सँगको साझेदारीमा सिपयुक्त जनशक्ति उत्पदान गर्ने लक्ष्यले संचालित गरेको सो कार्यक्रम विभिन्न चरण सम्पन्न भएको थियो ।

नेपालका लागि युनिसेफका प्रतिनिधि एमएस इक्लृ विस्स, पूर्व उड्योग मन्त्री नबिद्र राज जोशी, तथा महत्तो ग्रुपका संस्थापक उपेन्द्र महतोको निर्णायक टोलीको निर्णण् पछि चारै जनालाई सम्मान गरिएको हो ।​

स्किल फिस्ट नामक कार्यक्रम जनवरी २५ मा किङ्स कलेजमा संचालन गरिएको थियो । सिपमुलक तालिम देखी रोजगारीको अवसरमा देखिने ग्यापलाई कम गर्ने विषयमा जानकारी गराइएको थियो ।

देशको सबैभन्दा प्रभावशाली सी ई ओहरुद्वारा मानसिकता विकाशलाई प्रेरीेत गर्न ग्लोकल प्रा. लि द्वारा आयोजना गरिएको ‘सी ई ओ अन्प्लग् २०२०’ को पाचौ संस्करण हालै सम्पन्न भएको छ ।

टुडे मिट टुमरोको मुख्य विषयमा रही आयोजना गरिएको कार्यक्रममा देशक  प्रतिष्ठित उद्यमीहरू उपस्थित भएका थिए । यस वर्ष सयभन्दा बढि इच्छुक सहभागीहरुले  यस कार्यक्रममा सिक्न, नेटवर्क कायम गर्न र देशका प्रमुख उद्यमीहरुको साथ आफ्नो विचार साटासाट गर्न सहभागी भएका थिए ।

‘सी ई ओ अन्प्लग् २०२०’ एक सिकाइको मन्च हो जसमा युवाहरुले यिनै अनुभवि व्यक्तित्व सँग अन्तर्कृया  गर्ने मौका पाउछौ ।   उनिहरुले देशका ऋभ्इ हरुको अनुभब, बुद्धि, रणनीति र कार्यनीति का बारेमा पनि जानकारी लिन सक्छन। यसले युवाहरुमा सिप बिकास का नयाँ आयम अन्बेशन गर्न तथा अध्ययन एवम संलग्न हुन पनि मार्ग निर्देशन प्रदान गर्छ। ​

A Levels MA
Thuprai - Books and E-books