शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयहरूलाई तेस्रो पटक विपन्न लक्षित छात्रवृत्ति फारम भर्न भराउन निर्देशन दिएको छ ।
आ।व। २०७८–७९ मा सामुदायिक विद्यालयका माध्यमिक तह (कक्षा ९–१२) मा अध्ययनरत विद्यार्थीहरुलाई विपन्न लक्षित छात्रवृत्ति दिने प्रयोजनका लागि कक्षा ८ र कक्षा १० मा अध्ययनरत विद्यार्थीको पीएमटी फाराम भर्न पुनः म्याद थप गरेको हो ।
केन्द्रले पहिलो पटक गत फागुन १ गतेको गोरखापत्रमा २०७८चैत्र ३० गतेसम्म फारम भर्ने म्याद राखी सूचना प्रकाशित गरेको थियो । विद्यालयबाट विवरण आउने क्रम जारी भएकाले सोहि मितिबाट लागु हुनेगरी वैशाख ७ गतेसम्म ७ दिनको लागि पहिलो पटक म्याद थप गरेको थियो ।निर्धारित समयमा सबै विद्यालयले फारम नभरेपछि पुनः दोस्रो पटक आगामी वैशाख ३१ गतेसम्मका लागि फाराम भर्ने म्याद पुनः थप गरेको हो ।
केन्द्रले धेरै विद्यार्थीलाई सो छात्रवृत्ति कार्यक्रममा सहभागी गराउन विपन्न लक्षित छात्रवृत्ति कार्यान्वयन मापदण्ड, २०७८ को प्रक्रिया पुयाई फाराम भर्ने निर्देशन दिएको हो । बैशाख ३१ गते भन्दा पछाडि अपलोड भएका भएका फाराम मान्य नहुने केन्द्रले आज जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।