प्रविधिमैत्री शिक्षणसिकाइको प्रभावकरिता

I Tech store

 एक शिक्षकको स्रोत सम्पन्न कक्षाकोठाको सपना, प्रयोग र प्रभावकारिता

कक्षा आठको पाठ्यक्रममा विभिन्न महादेशको बारेमा जानकारी दिने उद्देश्यले पाठ्यवस्तु समावेश गरिएको छ । म अङ्ग्रेजी विषयको विषय शिक्षक । सामाजिक पनि पढाउछु । शिक्षण गर्ने क्रममा विभिन्न महादेशको बारेमा पढाउनु पर्ने भयो । म अङ्ग्रेजी शिक्षक । सामाजिक पनि पढाउछु । पढाउनु पर्ने भयो । उक्त पाठ्यक्रभित्रै रहेर ती,यी महादेशमा बसोवास गर्ने मानिसको चालचलन रशनसहन, पेशा, व्यवसायका बारेमा पनि पढ्नु÷पढाउनु पर्छ । जस अन्तगर्त  “दुध दुहुने मेसिन प्रयोग गरी दूध दुहुने रहेछन् “ भन्ने वाक्यांश पढे पछि विद्यार्थीहरूले प्रश्न गरिहाले । “दूध दुहुने मेसिन कस्तो हुन्छ ?”......... !

कस्तो हुन्छ ? भनेर भन्ने उत्तर दिने ? म आफैँले देखेको थिइन । न कतै पढेको थिए । तर केही त भन्नै पर्यो । केही बनावटी उत्तर दिए । किनकि म कक्षामा विद्यार्थीको अगाडि निरीह बन्न चाहँदैन थिए ।यो प्राय: शिक्षकको स्वभाव हो । त्यसपछि मेरो मनमा कक्षाकोठामा इन्टरनेटको सुविधा तथा भिडियो देखाउने सुविधा भएको भए कति सजिलो हुन्थ्यो भन्ने लाग्यो । बेलुका मैले मोबाइलमा युट्युबमा भिडियो हेरेँ । अनि थाहा भयो ।

अङ्ग्रेजी विषय पढाउन थालेको दुई दशक पुग्न लाग्यो । अङ्ग्रेजीको सुनाइ तथा बोलाई सीपसँग सम्बन्धित विषयवस्तुको लागि Bluetooth speaker तथा अडियोको लागि सधै तनाव भोग्नुपरेको तितो अनुभव यथेष्ठ छ मसंग । जब नगरपालिकाबाट आइसिटी कार्यक्रम अन्तर्गतको कार्यक्रम प्राप्त भयो त्यसपछि मैले मेरो समस्या विषयवस्तु तथा कक्षाकोठा सम्झिएर स्रोत सम्पन्न कक्षाकोठा व्यवस्थापनको लागि विभिन्न आईसीटीसंग सम्बन्धित साथीहरूसँग मेरो सपना साकार होला की भनेर छलफल गरे । सिकें ।

कक्षाकोठामा आवश्यकता अनुसार कम्प्युटरको प्रयोग गर्न सकियोस् इन्टरनेटको सहज पहुँच होस अनलाइनमा भएका सामग्रीहरू सहज रुपमा विद्यार्थीहरूले हेर्न सकुन् मैले पेन ड्राईभमा ल्याएका चिजहरू हरेक कक्षाकोठामा मजाले देखाउन पाइयोस, सिकाउन पाइयोस जस्ता कुरा share गरे। आईसीटीमा काम गर्ने मानिसहरूलाई यो कुरा सामान्य रहेछ । सोही अनुसारको प्रस्तावना तयार गरी सम्बन्धित निकायमा पेश गर्ने काम गरे ।

Thin client को व्यस्थापकीय पक्ष

मैले यहाँ thin client भन्ने विषयको प्राविधिक पक्षका बारेमा लेख्दैछु ।  आईसीटीसंग सम्बन्धि काम गर्ने मानिसहरूको लागि यो एकदमै सामान्य कुरा हुनसक्छ । Computer सेन्टरहरूमा यसको प्रयोग धेरै पहिलेदेखि नै हुँदै आएको छ । यो  कम्प्युटरको netwoking संग सम्बन्धित कार्य हो यसमा जसमा एउटा server cpu राखिन्छ । यो अली बढी शक्तिशाली हुन्छ । यो सामान्य CPU भन्दा अलि महँगो र शक्तिशाली हुन्छ । विद्यालयको आवश्यकता अनुसारको स्विच port हरूको व्यवस्था गर्नुपर्छ । त्यसपछि हरेक कक्षामा विद्यार्थीको संख्या तथा आवश्यकता अनुसारको एउटा smart tv र त्यो संगसंगै एउटा thin client को आवश्यकता पर्दछ । तारको माध्यमबाट सबै cpu र thin client लाई network स्थापना गरी एकआपसमा जोडिन्छ। अब server CPU मा रहेका सम्पूर्ण document, विषयवस्तुलाई हरेक टिभीमा आफ्नै ढंगले प्रयोग गर्न, हेर्न साथै स्मार्ट टिभीलाई एक छुट्टै computer को रुपमा प्रयोग गर्न सकिन्छ ।

कक्षाकोठामा thin client को बहु प्रयोग

क.  हाम्रोजस्तो स्रोतको कमी रहेको कक्षाकोठामा विविध किसीमका अभावहरू छन्। पर्याप्त शिक्षक दरबन्दीको कमी, शिक्षकलाई तालिमको अभाव, शिक्षकको विविध कारणले कक्षामा अनुपस्थिति, प्रविधि प्रति विद्यार्थीहरूको चाहना र अहिलेको आवश्यता, पाठ्यक्रममा प्रविधि अधिकतम प्रयोग गर्नुपर्ने क्रियाकलापहरूको समावेश, आदि समस्याहरू छन् ।

जब कोभिड १९ ले नेपालमा पनि असर गर्यो र देश लकडाउनमा गयो, तत्पश्चात राज्यले विद्यार्थीहरूको सिकाइ सुनिश्चित गर्ने भूमिका निर्वाह गर्दै इन्टरनेटको माध्यमबाट विभिन्न सिकाई पोर्टलहरूको विकास गरेको छ। विषेशज्ञ शिक्षकहरूबाट पाठ्यपुस्तकका पाठहरूलाई पढाइ youtube भिडियोहरू लिंक गरिएको छ साथै विभिन्न animation सहितका सहायक सामग्रीहरू राखिएको छ।

ती विषयवस्तु हाम्रोजस्तो भौगोलिक विकटता रहेका विद्यालयहरूमा शिक्षकहरूले गर्ने शिक्षण क्रियाकलापहरूको तुलनामा गुणस्तरीय छ। विद्यालयस्तरका सम्पूर्ण शिक्षण क्रियाकलापमा सहयोग गर्ने सहायक सामग्रीहरू सर्च इन्जिन तथा आधिकारिक पोर्टलहरूमा उपलब्ध छन्। विद्यालयमा अतिरिक्त क्रियाकलाप तथा सिर्जनात्मक अभिव्यक्तिशिल कला लगायतका विषयवस्तुहरूमा पनि यसले निकै सहयोग गर्ने गरेको छ। विद्यार्थीहरूलाई संगीत, नृत्य देखि वक्तृत्वकला लगायतका कुराहरूमा मौका दिइनु पर्छ। सबै शिक्षकहरू सँग यी क्षमता नहुन सक्छ। यसका लागि युट्युब भिडियोहरूबाट संगीतका ताल, नृत्यका तरिकाहरु साथै वक्तृत्वकला कलाका विभिन्न रियलिटी शोहरू देखि समकक्षी विद्यार्थीहरूको प्रतिभा देखाई विद्यार्थीहरूलाई स्व मूल्याङ्कन तथा क्षमता अभिवृद्धिमा मौका दिन सम्भव भएको छ।

ख शिक्षकलाई स्रोत सम्पन्न बनाउन:

नेपाल सरकारले शिक्षक नियुक्ति लिखित परीक्षा तथा अन्तरवार्ताको माध्यमबाट गर्छ र र सिधै कक्षाकोठामा पठाउँछ। शिक्षकहरूलाई नेपालको परिप्रेक्ष्यमा सेवाकालिन तालिमहरूको अभाव नै छ । केही सिमित पेशागत बिकासका प्याकेजहरू बाहेक उल्लेखनीय खालका तालिमहरू उपलब्ध छैनन्। जबकि शिक्षण भनेको हर तरह समकालीन समाज, वैज्ञानिक आविष्कार, ज्ञानको आविष्कार लगायतका कुराहरूमा अपडेट हुने पर्ने किसिमको पेशा हो। शिक्षकको शिक्षण क्रियाकलाप शिक्षक विद्यार्थी हुँदा बखतमा उनीहरूका शिक्षकले गर्ने विविध क्रियाकलापहरूमा नै आधारित भएको पाइन्छ। यस अवस्थामा शिक्षकलाई कुनै न कुनै रूपमा नयाँ प्रविधिको ज्ञानसँग समायोजन गर्न सकिएन भने सिकाइ क्रियाकलाप फगत औपचारीकता निभाउने खालको मात्र हुन्छ। जस्ले गर्दा विश्वव्यापीकरणको यो समयमा प्रतिस्पर्धीहरूसँग खरो रुपमा उत्रन नसक्ने जनशक्ति उत्पादन गर्न मात्र हाम्रो विद्यालयहरू काम गरिरहेका हुनेछन् ।

प्रयोगको अनुभव

म एक माध्यमिक तहको अङ्ग्रेजी विषय शिक्षक। मेरो लागि कक्षाकोठामा किताब बाहेक सुनाइ तथा बोलाईसँग सम्बन्धित विविध खालका अडियो तथा भिडियोहरूको आवश्यकता पर्दछ । सुनाइ सीप विकास गर्नको लागि  पुस्तकमा listening skill सँग सम्बन्धित कन्टेन्टहरु राखिएका छन् । ती साउन्ड फाइलहरू शिक्षा तथा मानव श्रोत विकास केन्द्रबाट विकास गरी अनलाइनमा उपलब्ध छ। यसको प्रयोगको लागि मलाई Bluetooth वा कुनै speaker को व्यवस्थापनका लागि समय खर्चनु पर्थ्यो। जसले गर्दा भाषाका सीपहरूलाई एकीकृत ढङ्गबाट सिकाउन सकिएको थिएन। भासिक सिपहरू एकीकृत रुपमा सिकाउन सकेमात्रै त्यसको दिगो र व्यवहारिक उपयोगिता दिगो रहन्छ भन्ने  सैद्दान्तिक कुरालाई व्यवहारमा रुपान्तरण गर्न पनि thin client ले सहयोग गरेको छ।  

त्यसैगरी विभिन्न खालका बहुभाषिक शब्दकोशहरूको प्रयोग गर्न एकदम सहज भएको छ। उच्चारणसँग सम्बन्धित क्रियाकलापमा त यसको प्रयोग अझ उल्लेखनीय छ। पाठसँग सम्बन्धित भिडियो तथा worksheet हरूले विद्यार्थीहरूमा पर्याप्त अभ्यासको अवसर दिएको छ। शिक्षकको अनुपस्थितिमा शिक्षा तथा मानव श्रोत विकास केन्द्रद्वारा तयार गरिएको श्रव्यदृश्य सामग्रीबाट विद्यार्थीहरूले स्व अध्ययन गर्ने मौका पाएका छन् । यसो गर्दा विद्यार्थीहरूमा नयाँ शिक्षणको स्वादमा सिकेको अनुभूति गर्न पाएका छन्। कक्षाकोठामा किताबलाई सबैथोक मानिने हाम्रो परिपेक्ष्यमा कक्षाकोठालाई स्रोत युक्त बनाउने सन्दर्भ online सामग्रीहरूको प्रयोगबाट विद्यार्थीमा नयाँ नयाँ खालका सामग्रीहरूको प्रयोग गरी थप ज्ञान दिने अवस्था सिर्जना भएको छ। अतिरिक्त अभ्यास गराउनको लागि शिक्षकले सेतोपाटीमा एक घन्टामा 10-15 वटा प्रश्नहरू मात्र लेखाउन सम्भव हुन्थ्यो भने अहिले विभिन्न रेडिमेड worksheet हरूबाट दुइगुना प्रश्नहरू विद्यार्थीहरूमा पस्कन र उनीहरूलाई अभ्यस्त बनाउन सम्भव भएको छ। साथै अन्य उपयुक्त सामग्रीहरू विद्यार्थी माझ प्रस्तुत गरी उनीहरूलाई थप अभ्यासको मौका दिन सकिएको छ।

त्यसैगरी सामाजिक विषयमा विविध भौगोलिक अवस्था, सांस्कृतिक परम्परा, विभिन्न जातजातिको भेषभुषा, वैज्ञानिक आविष्कार, जीवनी, इतिहास, यन्त्र उपकरण लगायतका जानकारी दिनको लागि कक्षाकोठामा एकदमै सजिलो भएको छ । “एउटा तस्बिर हजारौं शब्दहरू भन्दा शक्तिशाली हुन्छ” भन्ने भनाई हामीले पढ्दै आएका थियौं । अहिले विद्यार्थीहरूलाई यस्ता प्रशस्त ज्ञानका क्षेत्रहरूबाट सिक्ने मौका दिन सकिएको छ।

विविध कारणले प्रयोगशालासम्म पाइला नपुगेका बिद्यार्थीहरूलाई विभिन्न animated video हरूबाट सैद्धान्तिक ज्ञान दिएर व्यावहारिक प्रयोगमा आत्मविश्वास बढाउन सकिएको छ।

सम्भावना तथा आर्थिक किफायती

हरेक विद्यालयमा एउटा कम्प्युटर ल्यावको स्थापना गर्ने सरकारी नीति अनुसार हरेक विद्यालयमा smartboard, प्रोजेक्टर तथा केही थान कम्प्यूटरहरू पुगेका छन्। तर सामग्रीहरूलाई एउटा कक्षाकोठामा कहिलेकाहीँ मात्र खुल्ने गरी ताला बन्द गरिएको छ भने  कक्षाकोठामा स्मार्टबोर्डको प्रयोग एकदमै झन्झटिलो र प्राविधिक रूपमा कठिन छ। एउटा कक्षामा smartboard सहितको शिक्षण कार्यको लागि कम्तिमा 1 सय 50 हजार बराबरको खर्च लाग्छ। तर smart tv को व्यवस्थापनमा जम्मा 50 हजार वरिपरिको मात्र खर्च हुन्छ। त्यसमाथि यसले समयको बचत पनि उत्तिकै गर्छ। अहिलेको जमानामा हरेक शिक्षकसँग कम्तिमा एकवटा android mobile रहेको छ। जसमा रहेको केही application हरूबाट विभिन्न खालका आकर्षक  तथा hyperlink युक्त सामग्रीले कक्षाकोठालाई जीवन्त बनाउन यसले सहयोग पुर्याउन सक्छ। इन्टरनेटको गति निकै कम हुँदा पनि यसमा सहज काम गर्न सकिन्छ। यसर्थ यसलाई एक portable साधनको रुपमा पनि प्रयोग गर्न सकिन्छ। इन्टरनेटको अभावमा कतिपय कक्षाकोठामा काम गर्न असहज भएको अवस्थामा server cpu मा internet जोडी सके पछाडि हरेक कक्षामा सहज इण्टरनेट पुर्याउन सकिने यो प्रविधि प्राविधिक दृष्टिकोणबाट पनि निकै सहज छ।

पाठ तथा विषयसँग सम्बन्धित विभिन्न साइटमा तथा फोल्डर सम्मका केहि स्टेप विद्यार्थीहरूलाई सिकाउँदा सिकाइमा इच्छा अनुसारको ज्ञान तथा अपनत्व महसुस गराउन सकिने सम्भावना छ।

शैक्षिक सत्रको सुरुदेखि नै समयमा विद्यालयमा पुस्तक नपुग्दा शिक्षण सिकाई क्रियाकलाप प्रभावित भयो भन्ने गुनासो पनि यसले केही हदसम्म समाधान गर्न सक्छ। कक्षाकोठामा अनलाइनबाट डाउनलोड गरी पाठहरू देखाई सहज रुपमा शिक्षण गर्न सकिन्छ।

चुनौती तथा समाधान

अहिलेको एक्काइसौँ शताब्दीमा प्रविधिकोज्ञान र समकालीन परिवर्तनसँग जानकारीयुक्त शिक्षक नहुँदा हामीले पढाउने विषयवस्तु समयसापेक्ष नहुनसक्छ। तसर्थ हरेक शिक्षकसँग प्राविधिक ज्ञान हुनु जरुरी छ।

शिक्षक सेवा आयोगले शिक्षकका सक्षमता तोकेको छ । जसमध्ये आठौं नम्बरमा रहेको “सूचना तथा सञ्चार प्रविधिको ज्ञान” भन्ने बुँदाले शिक्षकमा सूचना तथा सञ्चार प्रविधि ज्ञान हुनुपर्छ भन्ने कुरा औंल्याएको छ। तर वर्तमान अवस्थामा सबै शिक्षकसँग सूचना तथा सञ्चार प्रविधिको न्यूनतम ज्ञान छ भन्ने कुरामा शंका छ। हुन त सबै शिक्षकको हातमा महंगो मूल्यको स्मार्टफोन देखिन्छ । तर  शिक्षकले शिक्षण सिकाइमा स्मार्टफोनको प्रयोग गर्ने तौर तरिकाको बारेमा जानकारी राखेको देखिँदैन। शिक्षकलाई प्रविधिको ज्ञान तथा शैक्षणिक कार्यकुशलतासँग जोड्ने खालका तालिम उपलब्ध गराउन सके सबै कक्षाकोठामा यसको समुचित प्रयोग हुन सक्छ। पुराना शिक्षकबाट कक्षाकोठामा न्याय गर्न सकिन्छ सकिँदैन भन्ने कतिपय जनगुनासो तथा तालुक निकायहरूबाट सोचिएको कतिपय विचार यो बुँदासँग सम्बन्धित हुन सक्दछ। विद्यालयमा कम्तीमा एकजना भएपनि सामान्य software तथा हार्डवेयरको ज्ञान भएका शिक्षक भएमा उनीहरूको सहयोगबाट सबै शिक्षकलाई ज्ञान युक्त बनाउन कठिनाइ छैन।

निष्कर्ष

राज्यले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम साथै पालिकाबाट नियमित रुपमा विविध खालका आइसिटीसँग सम्बन्धित कार्यक्रम वितरण गर्दै आइरहेको छ। जसको प्रयोग विद्यालयहरुले smartboard खरिद तथा कम्प्युटर ल्यावको स्थापना गरी कम्प्युटर संख्यामा वृद्धि गर्ने तर्फ खर्च गरेको देखिन्छ भने राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत led panel board को मुल्य निकै महँगो छ। कतिपय विद्यालयले “एक शिक्षक एक ल्यापटप” कार्यक्रम नै लागू गरेका छन्। यसले विद्यार्थीको सिकाइमा कतिको परिवर्तन ल्यायो, शिक्षण सिकाइमा यसको प्रयोग कसरी हुँदै छ भन्ने कुरा अध्ययन गर्नै पर्ने विषय बनेको छ। तर थोरै बजेटमा सबै विद्यार्थीलाई समुचित पहुँच पुर्याउन साथै शिक्षण सिकाइमा समान सहभागिता गराउन यसको प्रयोग एकदमै प्रभावकारी विकल्पको रूपमा रहनसक्छ।

 

(लेखक श्रेष्ठ श्री सिद्धेश्वर माध्यमिक विद्यालय मन्थली  गैराथोक  रामेछापका अङ्ग्रेजी विषय शिक्षक हुन्)

Thuprai - Books and E-books