CMAT

तीनै तहको प्राविधिक सिप परीक्षणका लागि पुस ११ भित्र आवेदन दिनुपर्ने (विस्तृत जानकारी सहित)

Bachelors Portal

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सीटीईभीटी) राष्ट्रिय सिप परीक्षण समिति (एनएसटीबी) ले सिप परीक्षणका लागि आवेदन माग गरेको छ ।

एनएसटीबीबाट स्वीकृत राष्ट्रिय व्यवसायगत सिप प्रमाणिक अनुसार सहुलियत  शुल्कमा  सञ्चालन  हुने  पूर्व  सिकाइको  सिप  परीक्षणमा  सहभागी  भइ  स्वदेशमै रोजगार, अनुभवी एवं वैदेशिक रोजगारबाट फर्केका नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो । सिप प्रमाणीकरण गर्न चाहनेले पुस ११ गते भित्र आवेदन दिनु पर्नेछ ।

तह एकका लागि सम्बन्धित व्यवसायको ज्ञान र सिप भई सम्बन्धित पेशामा कम्तीमा एक वर्षको कार्य अनुभव भएको, वा सम्बन्धित व्यवसायको तालीम सहित ६ महिनाको कार्य अनुभव भएको,तह २का लागि सम्बन्धित व्यवसायको ज्ञान र सिप भई सम्बन्धित पेशामा कम्तीमा ३ वर्षको कार्य अनुभव भएको, वा सम्बन्धित व्यवसायमा तह १ को सिप परीक्षणा उत्तीर्ण भई सम्बन्धित व्यवसायमा एक वर्षको कार्य अनुभव भएको, तह ३ का लागि सम्बन्धित व्यवसायको ज्ञान र सिप भई सम्बन्धित पेशामा कम्तीमा छ वर्षको कार्य अनुभव भएको,वा सम्बन्धित व्यवसायमा एक वर्षको तालीम लिई सम्बन्धित व्यवसायमा २ वर्षको कार्य अनुभव भएको,वा सम्बन्धित व्यवसायमा तह २ को सिप परीक्षण उत्तीर्ण भई सम्बन्धित व्यवसायमा एक वर्षको कार्य अनुभव भएका व्यक्तिले आवेदन दिन सक्ने सीटीईभीटीले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

Thuprai - Books and E-books
I Tech store