शैक्षिक क्षेत्रमा लगानी गर्दै एफवान सफ्ट, स्वस्तिक कलेजबाट सुरु भयो साझेदारी

काठमाडौं । सफ्टवेयरको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा आइटी कम्पनी एफवान सफ्ट इन्टरनेशनलले शैक्षिक क्षेत्रमा आफ्नो लगानी विस्तार गरेको छ । एफवान सफ्ट गु्रपले  भक्तपुरको ठिमीमा रहेको स्वस्तिक कलेजसंगको साझेदारीमा लगानी विस्तार गरेको हो ।

नेपालको आइटी क्षेत्रमा दक्ष जनशक्तिको अभाव पुर्ती गर्ने र आइटी क्षेत्रबाट उत्पादित विद्यार्थीहरुलाई अवसर सृजना गर्ने उद्देश्यले एफवान सफ्टको विस्तार गरीएको कलेजले जनाएको छ । 

हरेक सेमेष्टरमा विद्यार्थीलाई इन्ट्रनसिप गराएर दक्ष बनाइ एफवान सफ्ट गु्रपमा रोजगारी प्रदान गरिने स्वस्तिक कलेजका प्रिन्सिपल युवराज सिवाकोटीले जानकारी दिनुभयो । 

आइटीसँग सम्बन्धित पढाइ हुने स्वस्तिक कलेजबाट उत्पादन हुने विद्यार्थीले एफवान सफ्ट तथा इ.सेवा लगायतका भगिनी संस्थामा रोजगारी प्राप्त गर्नेछन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गत बिसिए र बिएस्सी सिएसआइटी अध्ययन हुने कलेजमा एफवान सफ्टले सबै सेमेष्टरमा व्यावसायिक  आइटी तालिम दिनेछ । 

एफवान सफ्ट गु्रपका निर्देशक सुभास सापकोटाले स्वष्तिक कलेजसँगको सहकार्यले आफूहरूलाई आवश्यक पर्ने दक्ष जनशक्ति पनि उत्पादन हुने र विद्यार्थीलाई पनि रोजगारीको प्रत्याभुति हुने जानकारी दिनुभयो । 

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धतप्राप्त सो कलेजमा बिसिएमा ३५ र बिएस्सी सिएसआइटीमा ३६ गरी ७१ जनाको कोटा निर्धारण गरीएको छ ।

सफट्वेयरको क्षेत्रमा एफवान सफ्ट कम्पनी नेपालका  ठुला आईटी कम्पनी मध्ये एक हो । सन् २००४ बाट सञ्चालनमा आएको एफवानसफ्टले वित्तिय क्षेत्रका सफट्वेयर उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको निर्माण तथाछ । 

कलेजमा अहिले बिसिए र बिएस्सी सिएसआइटी  विषयहरुमा भर्नाका लागि फर्म वितरण सुरू भएको छ ।