म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ स्थित रितुङ माविलाई स्थानीयवासी भीमबहादुर छन्त्यालले रु एक लाख सहयोग गरेका छन् ।
बिना दरबन्दी माध्यमिक तहसम्म पठनपाठन गराउँदै आएको विद्यालयलाई हाल अमेरिकामा बस्दै आएका छन्त्यालले कान्छा हजुरबुबा दलबहादुर छन्त्यालको स्मृतिमा विद्यालयलाई सो रकम सहयोग गरेका हुन् । सो रकम उनले प्रधानाध्यापक खिमबहादुर छन्त्याललाई हस्तान्तरण गरेकाछन् ।
दुर्गम गाउँको उक्त विद्यालयले स्थानीय स्रोत साधन जुटाएर बिनादरबन्दी मावि तहको पठनपाठन सञ्चालन गर्दै आएको छ ।
छन्त्याललाई विद्यालय परिवारले सहयोगका लागि धन्यवाद दिएको छ । छन्त्यालले विद्यालयको शैक्षिक प्रगतिका लागि आफ्नो तर्फबाट निरन्तर सहयोग रहने बताए ।