A Levels MA

महिला शिक्षकको सुझावः लकडाउनमा विद्यार्थीले के गर्ने ?

विश्व यति वेला कोरोना भाइरस संक्रमणका कारण दिनदिनै थला पर्दै गएको छ । यसले आफ्ने फैलावट नेपाल सम्म ल्याइ सकेको छ । सरकारले यसको विश्वव्यापी सङ्क्रमणलाई मध्यनजर गर्दै बाध्य भएर देशलाई लकडाउन गरेको छ ।

विद्यालय तथा विश्वविद्यालयहरू बन्द छन् । गत चैत ६ गतेदेखि हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको छ । अब कहिले हुन्छ कसरी हुन्छ अन्योल छ । यही अन्योलका बाबजुद राष्ट्रिय परीक्षा बोर्डले एसईई, ११ र १२ को परीक्षा कसरी गर्ने भन्ने विषयमा सरोकारवालासँग भोलि छलफल गर्ने भएको छ । बोर्डले भोलि शिक्षक महासंघ, हिसान, प्याब्सन, एनप्याब्सन लगायतका सरोकारवाला निकायसंग गरेको छलफलबाट केही निकास त निकाल्ला आशावादी हुन जरुरी छ ।

यस्तो अवस्थामा म एक शिक्षक भएका नाताले विद्यार्थीलाई धैर्य र मिहिनेतलाई निरन्तरता दिन आग्रह गर्छु । सबै कक्षाका विद्यार्थीहरूले भविश्यलाई सोचेर अघि बढ्नुपर्छ । परीक्षा एक न एक दिन हुन्छ, त्यसैले पढाईलाई नरोक्नु नै बुद्धिमता होला । बिहान बेलुकाको समयमा मिहिनेत गरेर अध्ययन गर्नु ।

हो, तपाईँ हामी सबैलाई समस्या त परेको छ तर, यसको विकल्प छैन । यो विश्वव्यापी सङ्क्रमणलाई हामी सबै मिलेर परास्त गर्न जरुरी छ । धेरै कुरा सोच्नु हुन्न । यो चिन्ता लिने समय पनि होइन । स्कुलमा शिक्षकहरूले पढाएको कुरालाई स्मरण गर्ने कोशिष गर्नु । घरमा समय तालिका बनाएर अध्ययन गर्नु । लकडाउन खुलेपछि परीक्षा हुन्छ नै । भाइबहिनीहरू यो आपतकालीन स्थितिमा पनि तपाईँहरूले पढाई प्रति लगाव दिनै पर्छ ।

मानिसको जीवनमा सबै भन्दा ठुलो कुरा ज्ञानार्जन हो । कसैले एकैछिन पनि लापरबाही गर्नु हुन्न । यस्तो गरियो भने पढेको कुरा सबै बिर्सिन सक्छ ।

मानिसको जीवनमा सबै भन्दा ठुलो कुरा ज्ञानार्जन हो । कसैले एकैछिन पनि लापरबाही गर्नु हुन्न । यस्तो गरियो भने पढेको कुरा सबै बिर्सिन सक्छ ।

हामीले मिहिनेत गरेको लगानी खेर जान सक्छ । हाम्रा सोचाईंहरू बालुवाको महल हुन सक्छ । जस्ता कुरा सोच्नु हुन्न । पढेर बोर भएको बेला एकछिन करेसा बारीमा तरकारी लगाउने, वृक्षारोपण गर्ने र भान्साको काममा आमालाई सघाउनु उपयुक्त हुन्छ । घरमा आफूले पनि र आमा बुवालाई पनि साबुन पानीले कम्तीमा २० देखि ५० सेकेण्ड जति हात मिची मिची धुन आग्रह गर्ने र आफूले पनि धुने ।

घरमा बस्दा राम्रोसंग सरसफाईमा ध्यान दिने । आफू, आफ्नो परिवार र सामुदायिक सरसफाइमा ध्यान दिने । गाउँ घरमा कोही विदेशबाट आएका हुनुहुन्छ भने सजगता अपनाउन आग्रह गर्ने गरौं । योग पनि गर्नुपर्छ । बिहानै उठेर योग गरेमा शरीर फुर्तिलो हुन्छ ।

भिडभाडमा नजाने र जानै परे सामाजिक दुरी कायम गर्न जरुरी छ । शिक्षा भनेको सैद्धान्तिक मात्रै होईन व्यवहारिक र जीवन उपयोगी पनि हुनुपर्छ । यो समयमा अनुशासन, नैतिकता, जीवन भोगाईका कुराहरु, हाम्रा सामाजिक संस्कार तथा मूल्य मान्यताहरू आफ्ना अग्रजबाट सिक्न समय हो ।

फुर्सदको समयलाई ज्ञानार्जनसंग जोड्नु उपयुक्त हुन्छ । हाम्रो हातमा मोबाइल छ । इन्टरनेट छ । २४ सौं घण्टा गेम खेल्नु तथा सामाजिक सञ्जालमा व्यस्त हुनुको सट्टा इन्टरनेटबाट उपयोगी सामग्री हेर्नु र पढ्नु पर्छ । हामीलाई के थाहा इन्टरनेटमा भेटिएको एउटा सानो जानकारीले हाम्रो जीवन शैली, लक्ष्य तथा उद्देश्य नै परिवर्तन हुन सक्छ । हामीलाई अघि बढ्न थप प्रेरणा मिल्न सक्छ । त्यसैले यो खाली समयलाई जीवन जीउने मार्ग खोज्ने अवसरका रुपमा प्रयोग गर्नु भाइबहिनीहरूका लागि सान्दर्भिक हुन्छ ।

Thuprai - Books and E-books