After SEE Portal

सीटीईभीटीका तीन कार्यक्रममा शुल्क समायोजन

Bridge Course

 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्(सीटीईभीटी), स्तर निर्धारण तथा सम्बन्धन महाशाखाले निजी शिक्षण संस्थाका लागि शुल्क समायोजन गरेको छ ।

२०७९ पुस ६गतेको मन्त्री स्तरीय निर्णय, विभिन्नसमयमा गण्ठित विभिन्न समयमा गठित शुल्क समायोजन सम्बन्धी कार्यटोलीका सुझाव एवं परिषद् कार्यालयको असार १ गतेको निर्णयले शुल्क समायोजन गरेको हो ।

त्यसैगरी डिप्लोमा इन फार्मेसीका लागि प्रथम वर्ष १६९४६४, दोस्रौ वर्षका लागि  १२७०९८र तृतीय वर्षका लागि १२७०९८ रुपियाँ शुल्क निर्धारण गरेको छ  । प्रमाण पत्र तह नर्सिङ्ग प्रथम वर्ष २४९६९०, द्वितीय वर्ष र १८७२७० तृतीय वर्षमा १८७२७० अधिकतम् शुल्क  निर्धारण गरेको छ ।

 प्रमाण पत्र तह सामान्य चिकित्सा प्रथम वर्ष २०९५३०, द्वितीय वर्ष १५७१४५ र तृतीय वर्षका लागि १५७१४५ शुल्क निर्धारण गरेको छ  ।

सीटीईभीटबाट सम्बन्धन तथा  स्वीकृति प्राप्त गरी सञ्चालित शिक्षण संस्थामा शैक्षिक सत्र २०७१–०७२ मा तोकिएको शुल्क हाल सम्म पनि साविक बमोजिम नै कायम भएको भन्दै समायोजन गरेको छ ।

सीटीईभीटीले शैक्षिक सत्र २०८०–८ १ देखि लागु हुने गरी केही कायृक्रम्को शुल्क समायोजन गरेको छ । शैक्षिक सत्र २०८०–८१ देखि भर्ना भएका प्रशिक्षार्थीहरुबाट मात्र शुल्क लिने गरी शुल्क समायोजन गरेको छ ।

A Levels MA