A Levels MA

चिकित्सा शिक्षामा नक्कली परीक्षार्थी

चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमडी र एमएस प्रवेश परीक्षामा समेल भएका तीन जना विद्यार्थी नक्कली पाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले  परीक्षामा सहभागी भएका तीन जना व्यक्तिलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारत उत्तरप्रदेशका जितेन्द्रकुमार मिश्रा, भारत विहारका शशिभूषण सिंह र भारत विहारकै कृष्ण मुरारी रहेका छन् । उनीहरूलाई कलङ्कीस्थित एलआरआई स्कुल परीक्षा केन्द्रबाट नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी श्यामकुमार महतोले बताए ।

ब्यूरोले  एक सूचना जारी गरी उक्त परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने, उक्त परीक्षामा विचौलियाका रूपमा नक्कली परीक्षार्थीलाई सहयोग गर्ने एवं परीक्षामा अमर्यादित कार्य गरेकाले नियन्त्रणमा लिइएको  जानकारी दिएको छ । उनीहरूलाई शिक्षा ऐन, २०२८ बमोजिमको कसुरमा थप अनुसन्धान भइरहेको जनाइएको छ । 

Thuprai - Books and E-books