एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थी

आयोगका  उपाध्यक्ष श्रीकृष्ण गिरीले  परीक्षामा  अनियमितता गर्ने मनसायले परीक्षा हलमा  छिरेका  तीन जनालाई प्रहरी नियन्त्रणमा लिएको आयोगमा सूचना आएको जानकारी दिए । ‘अन्य केही स्थानबाट पनि अमर्यादित कार्य गर्नेलाई प्रहरीले नियन्त्रणमा  लिएको अनौपचारिक जानकारी आएको छ ।’ उनले भने, ‘यस विषयमा हामीले आफ्नो धारणा पहिले नै सार्वजनिक गरेका छौं । कानुन विपरीत काम गर्ने जो कोही पनि कानुनी दायरामा  आउँछन् ।’  

चालु शैक्षिक सत्रको कक्षा सञ्चालनमा धेरै विवाद खेपेको चिकित्सा शिक्षाको स्नातक तहको आज सञ्चालन गरिएको एमबीबीएसको परीक्षामा केही नक्कली परीक्षार्थी भेटिएका छन् ।

चिकित्सा शिक्षा आयोगले आज सञ्चालन गरेको एकीकृत प्रवेशमा काठमाडौं र भक्तपुरको परीक्षा केन्द्रबाट अनियमितता गर्ने केही विद्यार्थीलाई प्रहरीले पक्राउ गररेको हो ।

प्रहरीले अनुसन्धानका क्रममा केही व्यक्तिलाई पक्राउ गरेको भए पनि त्यसको यकिन संख्या आइनसकेको महाशाखाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक(एसपी) कृष्ण प्रसाद कोइरालाले जानकारी दिए । प्रवक्ता कोइरालाका अनुसार परीक्षामा अनियमितता गर्ने केही परीक्षालाई नियन्त्रण लिएको भए पनि अहिले नै यकिन संख्या जानकारीमा आएको छैन ।

प्रवक्ता कोइरालाका अनुसार घटनामा थप अनुसन्धान भइरहेको छ । यो विषयमा आयोगका पदाधिकारीसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले  परीक्षामा  अनियमितता गर्ने मनसायले परीक्षा हलमा  छिरेका  तीन जनालाई प्रहरी नियन्त्रणमा लिएको आयोगमा सूचना आएको जानकारी दिए । ‘अन्य केही स्थानबाट पनि अमर्यादित कार्य गर्नेलाई प्रहरीले नियन्त्रणमा  लिएको अनौपचारिक जानकारी आएको छ ।’ उनले भने, ‘यस विषयमा हामीले आफ्नो धारणा पहिले नै सार्वजनिक गरेका छौं । कानुन विपरीत काम गर्ने जो कोही पनि कानुनी दायरामा  आउँछन् ।’  

आयोगले एकीकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थी भेटिएमा त्यस्तालाई परीक्षा केन्द्रबाट निष्काशन गर्ने, दुई वर्षसम्म आयोगले लिने प्रवेश परीक्षामा संलग्न नगराउने र त्यस्तो कार्य गराउन मतियारको भूमिका खेल्नेलाई प्रचलित कानुन बमोजिम हदैसम्म गर्ने, गराउने चेतावनी दिँदै हिजो एक विज्ञप्ति जारी गरेको थियो । आयोगले कारबाहीको चेतावनी दिँदादिँदै प्रहरीले नक्कली परीक्षार्थी फेला पारेको छ ।आयोगले लिने  चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा २० गते र २१ गतेपनि सञ्चालन गर्दैछ । 

एकीकृत प्रवेश परीक्षामा कूल ३४ हजार ६६५ परीक्षार्थीहरू परीक्षामा सहभागी हुने भएका छन् । उक्त परीक्षामा भोलि १९ हजार ५०८ दोस्रो दिन (२० गते) १२ हजार २६२ र तेस्रो दिन (२१ गते) २ हजार ८९५ परीक्षार्थी सहभागी हुने भएका हुन् ।

भोलि देखि सुरु हुने परीक्षामा कूल १११ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

Thuprai - Books and E-books