After SEE Portal

विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान  स्थापना तथा सञ्चालनका लागि आवेदन दिने समय थप (ऐन र नियमावली सहित)

Bridge Course

बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठानको स्थापना तथा सञ्चालनका लागि आवेदन दिने समय थप गरेको छ । दोस्रो पटक सूचना प्रकाशन गर्दै प्रदेश उच्च शिक्षा ऐन, २०७८ को दफा ८ र ११ तथा प्रदेश उच्च शिक्षा नियमावली, २०७९ को नियम १० बमोजिम विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना गर्न सक्ने व्यवस्था भएकोले पुनः सूचना प्रकाशन गर्दै आवेदन माग गरेको हो ।

प्रदेश उच्च शिक्षा ऐन, २०७८ को अनुसूचीमा उल्लिखित विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि आवश्यक पर्ने मापदण्ड तथा पूर्वाधार पुगेका इच्छुक क्याम्पस वा शैक्षिक संस्थाहरूमध्ये स्वास्थ्य ÷ चिकित्सा विज्ञान, विज्ञान प्रविधि (इन्जिनियरिङ समेत), कानुन, पर्यटन र खेलकुदको क्षेत्रमा विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना गर्न प्रदेश उच्च शिक्षा नियमावली २०७९ को अनुसुची १ अनुसार आवेदन दिन सकिने जनाएको छ ।

आवेदनका लागि एक लाख मात्र प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको राजस्व खातामा जम्मा गरेको सक्कल भौचर हुनुपर्ने, नियमावली २०७९ को अनुसूची २ को ढाँचामा तयार गरेको विधान र ऐन तथा नियमावलीले तोकेका अन्य कागजात सहित अनुसूची ३ को ढाँचामा मङ्सिर १८ गते भित्र मन्त्रालय अन्तर्गत प्रदेश उच्च शिक्षा परिषद्को सचिवालय, हेटौंडामा आवेदन पेश गर्नुपर्ने छ ।

प्रदेश उच्च शिक्षा ऐन, २०७८

प्रदेश उच्च शिक्षा नियमावली २०७९

 

A Levels MA
Thuprai - Books and E-books