Bachelors Portal

परीक्षा त्रिविको प्रश्नपत्र दिल्ली विश्वविद्यालयको

त्रिभुवन विश्वविद्यालयले आफ्नो लापरबाहीको पराकाष्ठा पुनः दोहोर्याएको छ। हिजो सञ्चालन गरेको चार वर्षे स्नातक तहको तेस्रो वर्षको ‘पर्यटन विकास विषय’को परीक्षामा दिल्ली विश्वविद्यालयको प्रश्नपत्र सोधेको छ ।

सोमबार मानविकी संकायअन्तर्गतको वार्षिक प्रणालीको सो विषयको परीक्षामा पर्यटन विकास विषयको प्रश्नपत्रको साटो दिल्ली विश्वविद्यालयको प्रश्नपत्र सोधेको हो ।

नेपालको पर्यटन विकासबारे अध्ययन गरेका विद्यार्थीलाई भरतीय इतिहासबारे सबै प्रश्न सोधेको छ ।

नेपालको पर्यटन इतिहास पढेका विदँर्थीलाई भारतीय इतिहासको प्रश्नपत्र सोधेपछि परीक्षार्थीहरू ३० मिनेट अन्योलमा परेको गुनासो गरेका छन् ।

७० पूर्णाकको प्रश्नमा समूह ए मा ३० नम्बरको तीन प्रश्न र समूह बी मा ४० नम्बरको चारवटा प्रश्न सोधिएको थियो। ती सबै प्रश्न भारतीय इतिहासबारे सोधिएको विद्यार्थीहरू बताउँछन् ।

मानविकी संकाय डिन कार्यालयका अनुसार पर्यटन विकासमा नेपालको पर्यटनकै बारेमा पढाइ हुन्छ । विद्यार्थीलाई सोहि विषयसँग सम्बन्धित प्रश्न सोधिनुपर्नेमा भारतीय इतिहासको प्रश्न सोधिनु परीक्षा नियन्त्रण कार्यालयको गैरजिम्मेबारीपन भएको डिन कार्यालयका एक अधिकारी बताउँछन् ।

अनलाइनबाट कपिपेष्ट गर्ने परम्परा नरोकिएसम्म यो समस्या नसुल्जिने त्रिविका पदाधिकारीहरू बताउँछन् ।

परीक्षा नियन्त्रण कार्यालयले गत असार २८ गते दिल्ली विश्वविद्यालयले सोधेको प्रश्न नै सोधेको डिन कार्यालयका एक पदाधिकारीले बताए ।

त्रिविले विभिन्न २९ वटा ऐच्छिक विषयको पठनपाठन गराउँदै आएको छ। इतिहासमा भारीतय, अमेरिका, युरोपलगायत थुप्रै देशका पढाइ हुने गरेको छ । सोमबार भएको परीक्षा मानवीय त्रुटि वस अर्को प्रश्नपत्र वितरण भएको परीक्षा नियन्त्रक जोशी बताउँछन् ।

परीक्षा सञ्चालन भएको ३० मिनेट पछि पुन पर्यटन विषयकै प्रश्नपत्र विद्यार्थीलाई वितरण गरिएको जोशीको दाबी छ । History ४१०, ( Elective 2), Introduction to Tourism Development विषयको प्रश्नपत्र पाठ्यक्रम भन्दा बाहिर रहेर निर्माण गरिएको अर्थात Indian प्रश्नपत्रको हुबहु प्रतिलिपि सोधिएको कुरा पत्ता लागे पश्चात् विद्यार्थीलाई १ घण्टा भित्र अर्को प्रश्नपत्र निर्माण गरी परीक्षा लिएको  विद्यार्थीहरू बताउँछन् ।

पर्यटन विकास विषयमा का १ हजार २ सय विद्यार्थी अध्यनरत छन् ।

Thuprai - Books and E-books