After SEE Portal

परीक्षा नियन्त्रण कार्यालय पुनः तीन दिन बन्द

Bridge Course

गत २२ गतेदेखि बन्द गरिएको पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालय आजदेखि पुनः तीन दिन बन्द गरिने भएको छ । कर्मचारीमा कोभिड–१९ संक्रमण देखिएपछि बन्द गरिएको सो कार्यालय पुनः ३० गते सम्म बन्द गरिने भएको हो । कार्यालयका थप कर्मचारीमा संक्रमण देखिएपछि पुनः बन्द गरिएको परीक्षा नियन्त्रक प्राडा सूर्यप्रसाद संग्रौलाले जानकारी दिए ।

उक्त कार्यालय बन्द भए पनि हाल सञ्चालनमा रहेको ‘टाइम बाउन्ड होम एक्जाम’ भने यथावत सञ्चालन हुने भएको छ । विश्वविद्यालयले असोजको पहिलो सातादेखि विभिन्न सेमेस्टरको परीक्षा अनलाइनमार्फत सञ्चालन गरिरहेको छ ।

विश्वविद्यालयले सञ्चालन गरेको सो परीक्षामा इमेलमार्फत विद्यार्थीले सोधिएका प्रश्नको उत्तरपुस्तिका ५ घण्टा भित्र फोटोखिचेर वा स्क्यान गरेर सम्बन्धित क्याम्पसको इमेल आइडीमा पठाउने व्यवस्था गरिएको नियन्त्रक प्राडा संग्रौलाले जानकारी दिए ।

A Levels MA
Thuprai - Books and E-books