शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगिताबाट बढुवाका लागि सञ्चालन गर्ने प्रतियोगितात्मक परीक्षामा सहभागी हनु उम्मेदवारहरूको केन्द्रगत विवरण सार्वजनिक गरेको छ ।
चैत २१ गते बिहान ११ बजेदेखि सञ्चालन हुने शिक्षक बढुवा परीक्षाको परीक्षा केन्द्रको नाम ठेगाना, तह, श्रेणी, परीक्षा केन्द्र रहने जिल्ला, उम्मेदवारको प्रतिस्पर्धा रहने जिल्ला, केन्द्रगत उम्मेदवारको विवरण र परीक्षा केन्द्र नम्बर सार्वजनिक गरेको हो ।
आयोगले उक्त परीक्षामा प्राथमिक तह द्वतीयका लागि ४३३, प्राथमिक प्रथमका लागि ११९, निमावि द्वतीयका लागि १२७निमावि प्रथमका लागि १८ र मावि द्वतीयका लागि १३७ र मावि प्रथम श्रेणीका लागि ३३ जनाको पदका लागि परीक्षा लिने छ ।