स्थायी शिक्षक परीक्षाको केन्द्र निर्धारण: शिक्षक सेवा आयोग

भक्तपुर - आगामी असोजमा हुने स्थायी शिक्षक परीक्षाका लागि शिक्षक सेवा आयोगले केन्द्र निर्धारण गरेको छ । फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाईने गरी ३४ जिल्लामा केन्द्र तय भएको आयोगले जनाएको छ ।  यसरी केन्द्र निर्धारण गर्दा तीनै तहको परीक्षाका लागि फारम भरेका परीक्षार्थीले जुन जिल्लामा केन्द्र परेको छ उही जिल्लाबाट परीक्षा दिनु पर्ने छ । 

उदाहरणका लागि ईलाममा केन्द्र तोकिएका पांचथरका परीक्षार्थीले प्रावि, निमावि र मावि तिनै तहको परीक्षा झापामै दिनु पर्ने छ ।

उही जिल्लाबाट परीक्षा दिदाँ परीक्षार्थीले चिनेका केन्द्राध्यक्ष वा निरिक्षक हुने भएकोले चलखेल हुने आशँका सहित आयोगले जिल्ला फेरवदल गरेको हो । 

अहिले परीक्षा केन्द्र रहने जिल्ला मात्रै तय गरिएको र कुन विद्यार्थी कुन केन्द्रमा भन्ने कुरा पछि तोकिने आयोगले जनाएको छ । 

आयोगले परीक्षा केन्द्र तोकेका ३४ जिल्लामा ईलाम, झापा, मोरङ्, सुनसरी, उदयपुर, सप्तरी, सिराह, सिन्धुली, धनुषा, काभ्रे, भक्तपुर, काठमाडौं, ललितपुर र मकवानपुर छन् । यस्तै, चितवन, पर्सा, गोर्खा, कास्की, तनहुँ, स्याङ्जा, नवलपरासी र रुपन्देहीमा केन्द्र तोकिएको छ । यस्तै कपिलबस्तु, पर्वत, प्यूठान, दाङ् सुर्खेत, बाँके, बर्दिया, डोटी, कैलाली, डडेल्धुरा र कञ्चनपुरमा परीक्षा केन्द्र तोकिएको छ ।  

Correction: 


Exam Center Notice for Permanent Teacher from Teacher Service Commission.pdf

Source: edukhabar.com