Bachelors Portal

एभरेष्ट इन्जिनीयरिङ कलेजमा प्रोजेक्ट प्रदर्शनी तथा प्राविधिक प्रतिस्पर्धा– आरोहन कार्यक्रम

Managed Admission 2022

ललितपुर । एभरेष्ट इन्जिनीयरिङ कलेजमा प्रोजेक्ट प्रदर्शनी तथा प्राविधिक प्रतिस्पर्धा– आरोहन कार्यक्रम भएको छ । प्रत्येक वर्ष हुने प्रतिस्प्रर्धा– आरोहन कार्यक्रम यस वर्ष पनि यहि भाद्र १९ र २० गते कलेजको आफ्नै प्राङ्गणमा भएको हो । 

ललितपुर महानगरपालिका २, सानेपा स्थित एभरेष्ट इन्जिनीयरिङ कलेज पोखरा विश्वविद्यालय बाट सम्बन्धन प्राप्त कलेज हो । सो प्रदर्शनीको पहिलो दिन भाद्र १९ गते पोखरा बिश्वबिद्यालयका निमित्त उपकुलपति श्री बुद्धि राज जोशीले उद्घाटन गर्नुभएको थियो।

सो कार्यक्रम लाई सम्बोधन गर्दै जोशीले कलेज तथा विश्वविद्यालयले आयोजना गरेका यस्ता कार्यक्रमले विद्यार्थीहरुको ज्ञान तथा सीपलाई व्याबहारिक जीबनमा ल्याउन मद्धत पु¥याउने उल्लेख गर्नुभयो । 

प्रतिस्प्रर्धा– आरोहन कार्यक्रमलाई शुभकामना मन्तब्य ब्यक्त गर्दै पोखरा विश्वविद्यालयबाट सम्बधन प्राप्त कलेजहरुको संस्था ओपन का अध्यक्ष श्री नव राज पाण्डेले कलेज तथा विश्वविद्यालयले यस्ता कार्यक्रमहरु आयोजना गरि नयाँ ज्ञान तथा सीप विकाश गर्ने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा कलेजका प्राचार्य श्री. उमेश प्रसाद थानी तथा प्रमुख कार्यकारी अधिकृत श्री अरुण कुमार भण्डारीले कलेजले विद्यार्थीहरुको ज्ञान तथा सीप बृद्धिका लागि यस्ता कार्यक्रमहरु नियमित रुपमा आयोजना गरिरहेको बताउनुभयो ।

कार्यक्रममा विभिन्न कलेजका प्राचार्यहरु तथा निर्देशकहरुले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको  थियो ।

प्रोजेक्ट प्रदर्शनी तथा प्राविधिक प्रतिस्प्रधामा देशका विभिन्न इन्जिनीयरिङ कलेज तथा अन्य शैक्षिक संस्थाहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा विभिन्न प्रोजेक्ट प्रदर्शनीका साथै Robo Race , Robo battlae , Robo Soccer , Hardware competition, Software competition ,Hackathon, Rapid codding , Logic Battle , Civil Model , Earthquake resistance building design र Log house लगायतका विधाहरुमा पचास भन्दा बढी समूह बिच प्रतिष्पर्धा रहेको छ । 

Aarohan 1.0 EEC EXPO 2019

Select college / campus