Bachelors Portal

इक्विटी लगानी सम्झौता सम्पन्न

Managed Admission 2022

प्राोफेसनल एजुकेटर्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स (एनएलआइसी) विच इक्विटी लगानी सम्झौता सम्पन्न भएको छ ।

संस्थागत विकासको वृहत्तर अवधारणाअनुरूप इक्विटी लगानी सम्झौता सम्पन्न भएको हो । लमिटेडका तर्फबाट अध्यक्ष डा. खगेन्द्रप्रसाद ओझा र एनएलआइसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले इक्विटी लगानी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

शैक्षिक विकासका लागि विद्यालय तहदेखि उच्च शिक्षाका क्षेत्रमा विश्वस्तरीय शिक्षा प्रदायक शैक्षिक संस्थाहरूको स्थापना र प्रवर्धन गर्ने उद्देश्यका साथ मध्य बानेश्वर, काठमाडौँमा २०६१ सालमा स्थापना भएको हो ।

शैक्षिक प्रवर्धनमुखी कदम र नयाँ प्रयोगका माध्यमबाट प्रोफेसनल एजुकेटर्स लिमिटेडले आफ्नो आगामी यात्राक्रममा शिक्षा क्षेत्रको दिगो संस्थागत संरचना खडा गर्दै अगाडि बढ्नेलक्ष्य लिएको बताएको छ ।

यस किसिमका अग्रगामी पहलकदमीबाट शैक्षिक क्षेत्रमा नव उन्नयन हँुदै काँचुली फेरिनेअपेक्षाका साथ दुवै पक्षबाट सहकार्यका साथ अघि बढ्ने प्रण गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख छ । नेपालको निजी क्षेत्रबाट सेवा प्रदान गरिएको शैक्षिक क्षेत्रको संस्थागत विकासमा यस किसिमको सहकार्यबाट समृद्धिकोनयाँ अध्याय सुरु भएकोविश्लेषण गरिएको छ ।

Select college / campus