After SEE Portal

सुदूरपश्चिम प्रदेशमा भर्ना दर घट्यो, विद्यालय बाहिरका बालवालिकाको संख्या पनि बढ्यो

Bridge Course

सुदुर पश्चिम प्रदेशमा अघिल्लो बर्षहरूभन्दा गत वर्षको शैक्षिक सत्रमा विद्यालय तहमा बालवालिकाको भर्ना दरमा कमी आएको पाइएको छ । सरकासरकारले सार्वजनिक गरेको प्रतिवेदनमा नै विद्यार्थी भर्ना दर घटेनुका साथै विद्यालय बाहिर रहने बालबालिकाको संख्या पनि बढेर गएको छ ।

सुदुर पश्चिम प्रदेश आर्थिक मामिला मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७८–८० अनुसार, शैक्षिक सत्र २०७८ मा पूर्व प्राथमिक तहको कुल भर्ना दर ७५.३ प्रतिशत रहेकोमा चालु शैक्षिक सत्रमा ४.३ प्रतिशतले कमी आई कुल भर्ना दर ७१.० प्रतिशतमा झरेको छ।

विद्यार्थी संख्या घट्यो

शैक्षिक सत्र २०७९ मा कुल विद्यार्थि संख्या २.१३ प्रतिशतले घटेको छ। खासगरी आधारभूत तह (कक्षा १–८) मा अध्ययनरत विद्यार्थी सङ्ख्या ३.९७ प्रतिशतले घटेको छ ।

शैक्षिक सत्र २०७८ मा विद्यालय तहमा अध्ययनरत ९ लाख २७ हजार ८ सय ४१ विद्यार्थीमध्ये आधारभूत तह (कक्षा १–८) मा ७ लाख ३३ हजार ४ सय ३५ र माध्यमिक तह (कक्षा ९–१२) मा १ लाख ९४ हजार ४ सय ६ विद्यार्थी रहेका थिए ।

शैक्षिक सत्र २०७९ मा कुल विद्यार्थी ९ लाख ८ हजार १ सय १० मध्ये आधारभूत तह (१–८) सम्ममा ७ लाख ४ हजार २ सय ८७ विद्यार्थी र माध्यामिक तह (९–१२) सम्म २ लाख ३ हजार ८ सय २३ विद्यार्थी रहेका छन् ।

प्रदेशमा कुल विद्यार्थीमध्ये संस्थागत विद्यालयमा २० प्रतिशत र सामुदायिक विद्यालयमा ८० प्रतिशत विद्यार्थी अध्ययनरत छन् ।

विद्यालय बाहिर रहेका बालवालिकाको संख्या बढ्यो

शैक्षिक सत्र २०७८ को तुलनामा चालु शैक्षिक सत्रमा ५ देखि १२ वर्ष उमेरका विद्यालय बाहिर रहेका बालवालिकाहरूको सङ्ख्यामा १.४ प्रतिशतले बृद्धि भई हाल ४.१ प्रतिशत कायम रहेको छ ।

शैक्षिक सत्र २०७९ मा प्रथामिक तह (कक्षा १–५) र आधारभूत तह (कक्षा १–८) खुद भर्नादर क्रमशः ९६.८ प्रतिशत र ९५.९ प्रतिशत पुगेको छ ।

टिकाउ दर बढ्यो

शैक्षिक सत्र २०७५ मा कक्षा ८ मा टिकाउ दर ७३.४० प्रतिशत रहेको मा शैक्षिक सत्र २०७९ मा यस्तो दर ८३.८ प्रतिशत पुगेको छ । चालु शैक्षिक सत्रमा माध्यमिक तह (कक्षा ९–१०) र कक्षा (९–१२) को खुद भर्नादरमा क्रमशः २.४ र १.३ प्रतिशतले सुधार आई हाल उक्त दर ८० र ५९.१ प्रतिशत कायम रहेको छ । राष्ट्रिय जनगणना, २०७८ अनुसार सुदूरपश्चिम प्रदेशको साक्षरता दर ७६.२ प्रतिशत रहेको छ ।

A Levels MA