A Levels MA

माध्यामिक तहमा प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड

सरकारले  गुणस्तरीय र जिवनोपयोगी शिक्षाको अवसर सुनिश्चित गरी उत्पादनमूलक नागरिक तयार गर्न आधारभूत तथा माध्यामिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै माध्यामिक तहमा प्राविधिक तथा व्यावसायिक शिक्षालाई जोड दिने भएको  छ । 

संघीय संसद्को बजेट अधिवेशन सुरु भएसंगै अर्थ मन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको विनियोजन विधेयक, २०७७ मा समायोजन गरिने आयोजना र कार्यक्रमको प्राथमिकता उक्त कुरा उल्लेख गरिएको छ  ।सो विधेयकमा सबै नागरिकलाई साक्षर बनाउने अभियानलाई प्राथमिकता दिइने उल्लेख  गरिएको छ ।

गतवर्षको बजेटमा  कुल बजेटको करिब १० प्रतिशत बजेट छुट्याएको सरकारले यो वर्ष  शिक्षामा बजेटलाई प्राथमिकतामा राखेको जनाएको छ । 

आधारभूत तथा माध्यामिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै माध्यामिक तहमा प्राविधिक तथा व्यावसायिक शिक्षालाई जोड दिइने

के के परे प्राथमिकतामा ?

–सबै नागरिकलाई साक्षर बनाउने अभियानलाई प्राथमिकता दिइनेछ । 

–गुणस्तरीय र जिवनोपयोगी शिक्षाको अवसर सुनिश्चित गरी उत्पादनमुलक नागरिक तयार गरिने छ ।

 –आधारभुूत तथा माध्यामिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै माध्यामिक तहमा प्राविधिक तथा व्यावसायिक शिक्षालाई जोड दिइने छ । –उच्च शिक्षाको गुणस्तर बनाईने छ । 

Thuprai - Books and E-books