After SEE Portal

मौलिक संस्कृतिको जगेर्नामा जोड

Bridge Course

गण्डकी प्रदेशस्तरीय सांस्कृतिक सङ्गोष्ठीका वक्ताहरूले मौलिक संस्कृतिको जगेर्ना अपरिहार्य भएकामा जोड दिइएका छन् ।

नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रद्वारा आज आयोजित कार्यक्रममा उनीहरूले स्वदेशी संस्कृतिको सम्बद्र्धनमा लाग्नुपर्नेमा जोड दिए ।

जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानको स्थानीय संयोजन एवम् पोखरा प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा आयोजित कार्यक्रममा पश्चिमा संस्कृतिको प्रभावमा हाम्रा प्राचीन मौलिक संस्कृतिहरू सङ्कटमा पर्दै गएको बताउँदै वक्ताहरूले संस्कार र संस्कृति हराउँदा मौलिक पहिचान हराउँदै गएको बताएका हुन् ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले हाम्रा संस्कार तथा संस्कृतिहरू पाश्चात्य प्रभावका कारण सङ्कटमा पर्दै गएको बताउँदै मौलिकताको जगेर्नाका लागि यसको संरक्षणमा लाग्नु अपरिहार्य भएको बताए ।

विविधतायुक्त समाज विभिन्न जातजातिका नाममा विभाजित हुन नहुने बताउँदै उनले विविधतामा एकता कायम गर्दै मौलिक संस्कृतिहरूको जगेर्ना गर्नुपर्नेमा जोड दिए ।

नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष एवम् नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रका अध्यक्ष प्राडा भीमप्रसाद खतिवडाले समाज सांस्कृतिक सन्तुलनले बाँधिएको बताउँदै संस्कृतिको संरक्षणले हाम्रो पहिचान जोगिने बताए । नेपाल संस्कृत विश्वविद्यालयको राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रले संस्कृतिलाई समाजसँग जोड्ने किसिमका कार्यक्रममा जोड दिने उनले बताए ।

गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीले हाम्रा भाषा, संस्कृतिलाई मार्ने अधिकार कोही कसैसँग नभएको बताए ।

कला संस्कृतिको जगेर्ना राज्यको दायित्व भएको बताउँदै उनले यसको संरक्षणलाई राज्यले प्राथमिकतामा राख्नु आवश्यक भएको बताए ।

संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रका कार्यकारी निर्देशक डा जर्मन चौधरीले केन्द्रमार्फत बहुभाषिक, बहुसांस्कृतिक विषयको अध्ययन तथा अनुसन्धानलाई जोड दिइने बताए ।

प्राडा माधव पोख्रेलले हाम्रा संस्कार तथा संस्कृतिहरू युवा पुस्तामा हस्तान्तरण हुन नसकेको बताउँदै तिनीहरूलाई जीवन्त राख्न युवापुस्तामा हस्तान्तरण हुनु आवश्यक भएकामा जोड दिए ।

मातृभाषा, लोक विद्या हाम्रो मौलिक पहिचान भएको बताउँदै उनले यसको जगेर्नाका लागि लाग्नु जरुरी रहेको बताए ।

जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानका अध्यक्ष मदनराज थापा, साहित्यकार असफल गौतम, पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पद्मराज ढकाल लगायतले संस्कार र संस्कृतिको जगेर्नाबाट हाम्रा मौलिकता एवम् पहिचानको जगेर्ना हुनेमा जोड दिए । सङ्गोष्ठीमा विभिन्न ६ वटा विषयमा कार्यपत्र प्रस्तुत हुने आयोजकले जनाएको छ ।

 

A Levels MA