
तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाले आजकै मितिदेखि लागू हुनेगरी नगरभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, होस्टल, दयुशन सेन्टर, तालिम सेन्टर) अर्को निर्णय नहुँदासम्मको लागि पूर्णतः बन्द गरेको छ ।
नगर कार्यपालिकाको आज बसेको बैठकले सबै प्रकारका परीक्षाहरु पनि अनिश्चित कालका लागि स्थगित गरेको हो । तिलोत्तमा १, नमामिल स्थित प्यारामाउन्ट बोर्डिङ स्कुलको होस्टलकी छात्रा प्रतिमा सापकोटाको निधन होस्टलमा नै भएपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो ।
सो घटनाको विषयमा तीन दिनभित्र प्रतिवेदन पेश गर्नेगरी छानबिन समिति गठन गरेको छ । नगरपालिकाले नगर शिक्षा शाखा प्रमुख उपसचिव गंगाराम आचार्यको संयोजकत्वमा नगरपालिका शिक्षा समिति सदस्य टंकप्रसाद पौडेल, प्याब्सन तिलोत्तमा अध्यक्ष डिबी यापा, अभिभावक संघ तिलोत्तमाका अध्यक्ष नारायण जवाली र नगरपालिका कोरोना फोकल पर्सन केशव भट्टराई सदस्य रहेको छानविन समिति गठन गरेको छ ।
तिलोत्तमा केही दिनयता कॉभिड १९ को संक्रमण बढ्दो अवस्थामा रोको र संक्रमणले थप जटिलता ल्याउन सक्ने भएकोले मिति नगरपालिका स्तरीय कोभिड १९ सकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले यस्तो निर्णय गरेको नगरप्रमुख बासुदेव घिमिरेले बताए ।
सो बैठकले तगरभित्र सञ्चालित सम्पूर्ण हाटबजारहरु अर्को निर्णय नहुँदासम्मको लागि तत्काल बन्द गर्ने गराउने । मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिक स्थानमा मानिसको जमघट हुनेगरी कुनै पनि कार्यक्रम नगर्न/नगराउने । बैंक, वित्तीय संस्था, सहकारी, पसल, व्यवसाय, होटल सञ्चालन गर्दा जनस्वास्थ्यका आवश्यक साधनसहित मापदण्डलाई पूर्णरुपमा परिपालना गर्ने गराउने निर्णय गरेको नगरपालिकाले एक सूचना जारी गरी जानकारी दिएको छ ।
अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु निर्धारित मापदण्डको पालन हुने गरी मात्र सञ्चालन गर्ने , सार्वजनिक ठाउँमा हिंडडुल गर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने तथा न्यूनतम २ मिटरको भौतिक दुरी कायम गर्ने । पटकपटक साबुनपानीले हात धुने अथवा गुणस्तरीय स्यानिटाइजर प्रयोग गर्न नगरपालिकाले सर्वसाधारणलाई अनुरोध समेत गरेको छ ।
भारतबाट आउने नेपाली तथा अन्य व्यक्तिलाई परिवार, आफन्त, टोल विकास संस्थाहरुले कोरोना प्रोटोकलमा रहन सहजीकरण गर्दै । कुनै व्यक्तिलाई कोभिङ १९ को लक्ष्मण देखिएमा तत्काले नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने वा यकिन गर्न कोरोना परीक्षण गर्ने गराउने सबैलाई नगरपालिकाले सचेत समेत गराएको छ ।