After SEE Portal

मातृभाषा शिक्षणमा सहयोग पु¥याउन शैक्षणिक शब्दकोष निर्माण हुँदै

Bridge Course

फिदिम, १ असार (रासस) : मातृभाषा शिक्षणमा सहयोग पु¥याउने उद्देश्यसहित पाँचथरमा नेपाली, लिम्बू र अङ्ग्रेजी भाषाको शैक्षणिक शब्दकोष बन्ने भएको छ ।

शब्दकोष निर्माणका लागि प्रारम्भिक कार्य शुरु भएको छ । भाषा आयोग र फिदिम नगरपालिकाको सहयोगमा शब्दकोष बन्न लागेको हो । शब्दकोष निर्माणका लागि पहिलो चरणको शब्द सङ्कलन कार्यसम्पन्न भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य हरिचन्द्र लावती संयोजक रहेको टोलीले पहिलोचरणको शब्द सङ्कलन कार्यसम्पन्न गरेको हो । 

लावतीसँगै लिम्बू भाषा–साहित्यको क्षेत्रमा क्रियाशील राजेन्द्रकुमार जबेगू, लछामीकुमार शेर्मा पापो, दीलेन्द्र कुरुम्बाङ, लक्ष्मण लाओती, साम्जिरी शेर्मा र सन्देश सुब्बा सम्मिलित टोलीले शब्द सङ्कलन गरेको हो ।

शिक्षण, किरात धर्मग्रन्थ मुन्धुम, साहित्य, संस्कृति, गणित, प्रविधि, विधि, इतिहास, भाषा, विज्ञान, पेशा र सञ्चार क्षेत्रका शब्द सङ्कलन गरिएको संयोजक लावतीले बताउनुभयो । शब्दकोषलाई चाँडै अन्तिम रुप दिएर प्रकाशनमा ल्याइने तयारी गरिएको । उक्त शब्दकोष शैक्षणिकसँगै अन्य प्रायोजनका लागि समेत उपयोगी हुनसक्ने टोलीको विश्वास छ ।

पाँचथरमा लिम्बू मातृभाषामा शिक्षण गराउने क्रम बढिरहेको छ भने लिम्बू भाषामा विधागत साहित्य लेखन समेत भइरहेको छ ।

A Levels MA