Bachelors Portal

शिक्षालाई समयसापेक्ष बनाइन्छ ः मुख्यमन्त्री शेरधन राई

भोजपुर, १ पुस (रासस)ः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शिक्षा क्षेत्रको विकासका लागि प्रदेश सरकार गम्भीर भएर लागिपरेको बताउनुभएको छ । 

आज हतुवगढी गाउँपालिका–९ हसनपुरस्थित जनसेवा माध्यमिक विद्यालयको स्वर्ण जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शिक्षालाई समयसापेक्ष र प्रविधिमैत्री बनाउन प्रदेश नं १ का १०० विद्यालयमा सूचना प्रविधि सम्बन्धि शिक्षाको शुरुआत गर्ने र अबको तीन वर्षभित्रमा सबै विद्यालयमा सो प्रविधिको विस्तार गरिने मन्त्री राईले बताउनुभयो । 

जिल्लाको स्वास्थ्य, शिक्षा, यातयातसँगै आर्थिक विकास गर्न सोहीअनुसारको योजना बनाएर प्रदेश सरकारले काम गर्ने उहाँको भनाइ थियो । दूधकोशी नदीको चुवारमा पक्की पुल नहुँदा स्थानीयवासीलाई सास्ती भएकाले प्राथमिकताका साथ काम अगाडि बढाएर निर्माण पूरा गरिने मन्त्री राईले जानकारी दिनुभयो । 

Thuprai - Books and E-books