After SEE Portal

शिक्षा पत्रकार समाज गठन

Bridge Course

शिक्षा पत्रकारितामा पुराना र नयाँ पत्रकारको सक्रियतामा शिक्षा पत्रकार समाज संस्था स्थापित भएको छ । पत्रकार प्रकाश सिलवालको अध्यक्षतामा समाज गठन भएको हो । शिक्षा र सामाजिक विकासका क्षेत्रमा अध्ययन, अनुसन्धान, प्रकाशन, प्रसारण, बहस तथा पैरवीसहित सबै तहमा गुणस्तरीय शिक्षा, जीवनपर्यन्त सिकाइकोे विकास एवं विस्तारका लागि आमसञ्चार तथा पत्रकारिताको उच्चतम सदुपयोग गर्दै छापा, रेडियो, टेलिभिजन, अनलाइनलगायत सञ्चारमाध्यममा शिक्षा विधामा कार्यरत पत्रकारको अधिकार संरक्षण तथा क्षमता अभिवृद्धिसमेत गर्न पत्रकारको सहभागितामा सङ्घीयस्तरको समाज गठन गरिएको अध्यक्ष सिलवालले बताउनुभयो ।

समाजले यही असोज ५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा विधिवत् मान्यता पाएको हो । समाजले शिक्षा तथा सामाजिक विकासमा केन्द्रित रहँदै शिक्षा र बालबालिकाको मौलिक हक तथा गुणस्तरीय शिक्षा तथा जीवनपर्यन्त सिकाइको प्रवद्र्धन, प्राविधिक तथा व्यावसायिक शिक्षाको विकास, सार्वजनिक र निजी शिक्षा क्षेत्रमा सुशासन एवं प्रबलीकरण आदि विषयमा खोजअनुसन्धान, नीतिगत बहस तथा पैरवी गर्ने लक्ष्य लिएको छ ।

शिक्षा पत्रकारितासँग सम्बन्धित खोज पत्रकारिता, अध्ययन, अनुसन्धान गरी विभिन्न सञ्चारमाध्यम र वैकल्पिक मिडियामार्फत प्रसारण तथा प्रकाशन गर्ने, शिक्षा भएका देश, विदेशका असल अभ्यास र अनुभव आदानप्रदान गर्ने, शिक्षा पत्रकारको क्षमता अभिवृद्धि गर्दै उनीहरुको अधिकारमा क्रियाशील रहने यसका उद्देश्य छन् । समाजका उपाध्यक्षमा देवी सापकोटा, महासचिवमा शेषकान्त पण्डित, सचिवमा मतिना त्वनावासु र कोषाध्यक्ष श्याम तण्डुकार रहनुभएको छ । यस्तै सदस्यमा यशोदा अधिकारी, बालमुकुन्द आचार्य, सुनिल आचार्य, सुरेश यादव, विद्या राई र शर्मिला विश्वकर्मा रहनुभएको छ ।

यस्तै सात प्रदेश संयोजकमा क्रमशः सुशीला पाठक, सुरेश यादव, वसन्त पराजुली, केशव पाठक, कास्की, अमृता अनमोल, नवराज महतारा र वीरेन्द्र रावल रहनु भएको छ ।

A Levels MA
Thuprai - Books and E-books