After SEE Portal

पूर्व शिक्षकले चलाएको घोडाघोडी नगरपालिकामा शिक्षा

Bridge Course

एकपछि अर्काे गर्दै स्थापना भएका शैक्षिक संस्थाहरूले अवसर चुनौती दुवै खडा गरिदिएका छन् हामी यसलाई अझै व्यवस्थित बनाउन खोजिरहेका छौं

कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा डेढ दशकभन्दा बढी शिक्षण गरेका ममताप्रसाद चौधरी अहिले नगर प्रमुख छन् । चौधरी २०७३ चैतमा राजिनामा दिएर नगर प्रमुखको चुनावमा उत्रिएका थिए ।

उपप्रमुख प्रेमकुमारी थापा पनि पूर्वशिक्षक हुन् । उनी सुखडकै टीआर मेमोरियल बोर्डिङ स्कुलमा पढाउँथिन् । प्रमुख, उपप्रमुख दुवैजना तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका हुन् । दुवै पूर्वशिक्षक

फितलो व्यवस्थापनघोडाघोडी–१० पहलमानपुरमा २०६९ सालमा स्थापित बुलबुले बहुमुखी क्याम्पसले अहिलेसम्म आफ्नै भवन तयार गर्न सकेको छैन । सुरुका दुई वर्ष स्थानीय पद्मनिकुञ्ज बोर्डिङ स्कुलको कक्षाकोठा मागेर क्याम्पसमा पढाइ सञ्चालन गरिएको थियो । ‘अहिले कान्ति उच्च माध्यमिक विद्यालयमा अध्यापन हुँदै आएको छ,’ क्याम्पस व्यवस्थापन समितिका सदस्य जयनारायण जोशीले भने, ‘अब कान्तिमा पनि समस्या हुँदै छ । यसै वर्ष आफ्नो संरचना बनाउनुपर्ने छ ।’

उनले भवन बनाउन छ कट्ठा जग्गा खरिद गरिएको जानकारी दिए । ‘जग्गा खरिद गरेर संरचना तयारीमा लागेका छौं,’ उनले भने ।

सुधार प्रयासनगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारमा चासो देखाएको छ । नगर क्षेत्रमा मात्रै ३८ वटा भन्दा बढी निजी विद्यालय छन् । नगरपालिकाकै पहलमा सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यम र डिजिटल प्रणाली लागू गरिएको छ । यसका कारण निजी विद्यालय छाडेर  समुदायिक विद्यालयमा विद्यार्थी भर्ना हुन थालेका छन् ।

नगर क्षेत्रका विद्यालयहरूको अनुगमन समेत भइरहेको छ । नगर क्षेत्रका विद्यालयहरूलाई व्यवस्थापन गर्न र शिक्षाको गुणस्तर अझै बढाउन विद्यालय समायोजन तथा तह घटुवा समेत गरिएको छ । गत आर्थिक वर्षमा ७ वटा विद्यालयको तह घटाइएको छ । ६ वटा विद्यालय समायोजन गरिए । ‘माध्यमिक तहसम्म हाम्रो अधिकारक्षेत्रभित्र छ,’ नगरप्रमुख चौधरीले भने, ‘चल्नै नसक्ने विद्यालय खारेजी गर्ने हाम्रो लक्ष्य छ । अहिलेलाई तह घटुवा र विद्यालय समायोजन मात्रै गरेका छौं ।’

शिक्षाको सुधारका लागि भन्दै नगरपालिकाले २० करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ । ‘शिक्षामा ससर्त अनुदानसहित झन्डै २० करोड लगानी छ,’ उनले भने, ‘४ करोड भन्दा बढी त नगरपालिकाकै पैसा छ ।’

डिजिटल प्रविधिबाट अध्ययनअध्यापन सुरु गरिए पनि सबै सामुदायिक विद्यालयमा त्यो प्रविधि पुग्न सकेको छैन । नगरले भने सबै सामुदायिक विद्यालयमा डिजिटल प्रविधि पुर्‍याउने लक्ष्य राखेको जनाएको छ ।

रहेकाले उनीहरूको प्राथमिकता शिक्षामा देखिन्छ । ‘सबैभन्दा ठूलो कुरा शिक्षा नै हो । हामी त्यसैलाई सुधार गर्ने लक्ष्यका साथ अगाडि बढिरहेका छौं,’ नगरप्रमुख चौधरीले भने, ‘आगामी तीन वर्षभित्र शिक्षामा देखिने गरी परिवर्तन गर्छौं ।’

शिक्षाको ‘हब’ बन्दै

घोडाघोडी नगरपालिकाभित्र एउटै वडामा २ वडा डिग्री कलेज छन् । वडा नं. १ सुखडमा घोडाघोडी बहुमुखी क्याम्पस र राष्ट्रिय कलेज १ किलोमिटर दूरीमा छन् । २०६२ सालमा घोडाघोडी बहुमुखी क्याम्पस र २०६५ मा राष्ट्रिय कलेज स्थापना भएका हुन् ।

घोडाघोडी बहुमुखी क्याम्पसमा मानविकी र व्यवस्थापन संकायको पढाइ हुन्छ । राष्ट्रिय कलेजमा मानविकीअन्तर्गत ग्रामीण विकासको  अध्ययनअध्यापन भइरहेको छ । दुवै कलेजमा एक सय जनाभन्दा बढी विद्यार्थी छन् । ‘यहाँ कलेज चल्नुअघि उच्च शिक्षाका लागि धनगढी र काठमाडौं जानुपर्ने बाध्यता थियो,’ घोडाघोडी बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष सिद्ध आचार्यले भने, ‘अहिले मास्टर्स पढ्न कोही बाहिर जाँदैनन्, बरु बाहिरका यहीँ आउँछन् ।’

घोडाघोडी क्याम्पसमा कैलालीका ५ वटा स्थानीय तहका विद्यार्थी आउने गरेका छन् । राष्ट्रिय कलेजले पनि विद्यार्थीको सहजताका लागि होस्टेल व्यवस्था गरेको छ । ‘बाहिरबाट पढ्न आउनेहरू यहीँ बस्छन्’ शिक्षक राजु बस्नेतले भने, ‘अहिले शिक्षामा घोडाघोडी नगरपालिकाले फड्को मारेको छ ।’

नगरपालिकाले पनि नगर क्षेत्रमा शिक्षाका गतिविधिलाई बढी प्राथमिकता दिएको जनाएको छ । नगर क्षेत्रमा ५१ वटा सामुदायिक विद्यालय छन् । स्नातकोत्तर (डिग्री) २ र स्नातक तह ३ वटा कलेजमा पढाइ हुन्छ । १२ कक्षासम्म ७ वटा विद्यालयमा पढाइ हुन्छ । ‘एकपछि अर्काे गर्दै स्थापना भएका शैक्षिक सस्थाहरुले अवसर र चुनौती दुवै खडा गरिदिएका छन्,’ नगर प्रमुख चौधरीले भने, ‘हामी यसलाई अझै व्यवस्थित बनाउन खोजिरहेका छौं ।’

फितलो व्यवस्थापन

घोडाघोडी–१० पहलमानपुरमा २०६९ सालमा स्थापित बुलबुले बहुमुखी क्याम्पसले अहिलेसम्म आफ्नै भवन तयार गर्न सकेको छैन । सुरुका दुई वर्ष स्थानीय पद्मनिकुञ्ज बोर्डिङ स्कुलको कक्षाकोठा मागेर क्याम्पसमा पढाइ सञ्चालन गरिएको थियो । ‘अहिले कान्ति उच्च माध्यमिक विद्यालयमा अध्यापन हुँदै आएको छ,’ क्याम्पस व्यवस्थापन समितिका सदस्य जयनारायण जोशीले भने, ‘अब कान्तिमा पनि समस्या हुँदै छ । यसै वर्ष आफ्नो संरचना बनाउनुपर्ने छ ।’

उनले भवन बनाउन छ कट्ठा जग्गा खरिद गरिएको जानकारी दिए । ‘जग्गा खरिद गरेर संरचना तयारीमा लागेका छौं,’ उनले भने ।

सुधार प्रयास

नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारमा चासो देखाएको छ । नगर क्षेत्रमा मात्रै ३८ वटा भन्दा बढी निजी विद्यालय छन् । नगरपालिकाकै पहलमा सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यम र डिजिटल प्रणाली लागू गरिएको छ । यसका कारण निजी विद्यालय छाडेर  समुदायिक विद्यालयमा विद्यार्थी भर्ना हुन थालेका छन् ।

नगर क्षेत्रका विद्यालयहरूको अनुगमन समेत भइरहेको छ । नगर क्षेत्रका विद्यालयहरूलाई व्यवस्थापन गर्न र शिक्षाको गुणस्तर अझै बढाउन विद्यालय समायोजन तथा तह घटुवा समेत गरिएको छ । गत आर्थिक वर्षमा ७ वटा विद्यालयको तह घटाइएको छ । ६ वटा विद्यालय समायोजन गरिए । ‘माध्यमिक तहसम्म हाम्रो अधिकारक्षेत्रभित्र छ,’ नगरप्रमुख चौधरीले भने, ‘चल्नै नसक्ने विद्यालय खारेजी गर्ने हाम्रो लक्ष्य छ । अहिलेलाई तह घटुवा र विद्यालय समायोजन मात्रै गरेका छौं ।’

शिक्षाको सुधारका लागि भन्दै नगरपालिकाले २० करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ । ‘शिक्षामा ससर्त अनुदानसहित झन्डै २० करोड लगानी छ,’ उनले भने, ‘४ करोड भन्दा बढी त नगरपालिकाकै पैसा छ ।’

डिजिटल प्रविधिबाट अध्ययनअध्यापन सुरु गरिए पनि सबै सामुदायिक विद्यालयमा त्यो प्रविधि पुग्न सकेको छैन । नगरले भने सबै सामुदायिक विद्यालयमा डिजिटल प्रविधि पुर्‍याउने लक्ष्य राखेको जनाएको छ ।

A Levels MA
Thuprai - Books and E-books